धारापानीमा भएको शंकास्पद मृत्युका बारेमा छानविन समितिको प्रतिवेदन सार्वजनिक

– हरिप्रसाद भुसाल


अर्घाखाँची । अर्घाखाँची जिल्ला धारापानी गाविस- १ औवल वस्ने शिरालाल सुनारको शंकास्पद मृत्युका सम्वन्धमा छानविन गर्न गठित जाँचबुझ समितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।


२०६२ साल असोज २१ ग्ते धारापानी ५ डाँडामा मोटरबाटो मुनी सुनारको मृत शरिर फेला परेपछि जाँचबुझ गरी सत्य तथ्य सार्वजनिक गर्नको लागि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी  संयोजकत्वमा छानविन समितिको गठन गरिएको थियो ।


करिव ६ वर्ष लामो अनुसन्धान पछि प्रतिवेदन सार्वजनिक गर्दै समितिले सुनारको मृत्यु स्वाभाविक जस्तो नदेखिएको सुनियोजित किसिमले कोही कसैले पनि हत्या नगरेको र भवितव्यबाट मृत्यु भएको निष्कर्ष निकालेको छ ।

 

धारापानीमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सागर के.सीले प्रतिवेदन सार्वजनिक गरेका थिए ।


 













 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




अन्य समाचारहरु