अर्घाखाँचीमा बिपि दिबस मनाईयो

– प्रेमनारायण आचार्य


अर्घाखाँची २५ भदौ । नेपाली काग्रेस अर्घाखाँचीका कोषाध्यक्ष हरिबहादुर खड्काले नेपाली काग्रेसले बिपिको सिद्धान्तलाई अंगीकार गर्न नसकॆको बताउनु भएको छ । 


उहालॆ बिपिले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजबादलाई अंगीकार गरे देशले छिटै निकास पाउने  बताउदै अर्घाखाँचीको बिकास निर्माणमा काग्रेसको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो  । 


९८ औ बिपि जयन्तिको अबसरमा नेपाली काग्रेस सन्धिखर्क गाँउ कार्य समितिले बिपि स्मृति भबन सन्धिखर्कमा गरेको अन्तरकृया कार्यक्रममा काग्रेस नेता खड्काले यस्तो बताउनु भएको हो । 


कार्यक्रममा सन्धिखर्क गाँउ कार्य समितिका सभापति नेत्रप्रसाद भटराईले काग्रेस बिनाको नँया नेपालको परिकल्पना कसैले पनि गर्न नसक्ने बताउनु भयो । 


कार्यक्रममा नेपाली काग्रेसका महासमिति सदस्य लक्ष्मी श्रेष्ठ महाधिबेसन प्रतिनिधि कमल बिक  भुपु सैनिक संघका केन्द्रिय सदस्य रामबहादुर परियार किसान संघका शम्भु केसी दलित संघका मणिराम परियार पत्रकार महासंघका सचिब प्रेमनारायण आचार्य लागयतले मन्तब्य राखेका थिए ।


कार्यक्रम नेत्रप्रसाद भटराईको सभापतित्व  प्रदिप भण्डारीको संचालन  र बाबुराम पन्थिको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

 





 













 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




अन्य समाचारहरु