मजदुर परिबारलाई राहात प्रदान

– प्रेमनारायण आचार्य
   
यूएई डेस्क- अर्घाखाँची  २५ भदौ – गौमुखी यातायात मजदुर समिति प्युठानले गएको असार ३२ गतेका दिन प्युठानको डाम्री गाविसमा भएको जीप

दुर्घटनामा मृत्यु भएका अर्घाखाँची वांगलाका यातायात मजदुर मदन बन्जाडेको परिबारलाई राहत स्वरुप ३० हजार रुपैया प्रदान गरेको छ ।

अर्घाखाँचीको सन्धिखर्कमा रहेको देउराली यातायात ब्यबसायी समितिको कार्यलयमा आज एक कार्यक्रमको आयोजना गरि प्युठानका यातायात मजदुरले संकलन गरेको नगद ३० हजार रुपैया राहात स्वरुप गौमुखी यातायात मजदुर समिति प्युठानका उपाध्यक्ष सुरेस कुमार श्रेष्ठ , र देउराली यातायात ब्यबसायी समितिका अध्यक्ष देबराज श्रेष्ठले स्वर्गिय मदनका छोरा लक्ष्मण बन्जाडे र श्रीमती नारायणी बन्जाडेलाई हस्तान्तरण गर्नु भएको हो ।


राहात रकम हस्तान्रण कार्यक्रममा देउराली यातायात ब्यबसायी समितिका अध्यक्ष देबराज श्रेष्ठले आफ्नो समितिका सस्थापक मदन बन्जाडेको परिबारलाई गौमुखी यातायात मजदुर समिति प्युठानले राहात रकम प्रदान गर्न सन्धिखर्क आएकोमा धन्यबाद दिदै मजदुर समितिको सफलताको सुभकामना ब्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा गौमुखी यातायात मजदुर समिति प्युठानका उपाध्यक्ष सुरेस कुमार श्रेष्ठ, महासचिब प्रल्हाद भक्ति श्रेष्ठ , मृतक मदनका छोरा लक्ष्मण बन्जाडे, यातायात मजदुर संघका अध्यक्ष आत्मसिंह र्घर्ती लगायतले आ आफ्नो मन्तब्य राखेका थिए ।


स्मरण रहोस: मृतक बन्जाडेको गएको असार ३२ गतेका दिन प्युठानको डाम्री गाविस वाड नं ८ मा भएको जीप दर्ुघटनामा मृत्यु भएको थियो ।