– हरि प्रशाद भुसाल
यूएई डेस्क – ठूला केही राजनीतिक दलहरुको मनोमानी भएको भन्दै संविधानसभामा प्रतिनिधित्व गर्ने अर्घाखाँची जिल्लाका साना दलहरुले संयुक्त मोर्चावन्दी शुरु गरेका छन् ।
जिल्लावासीको भावना विपरित पछिल्लो समयमा जिल्लाका केही दलहरु आफुखुसी र मनोमानी रुपमा अगाडी वढेको भन्दै साना ६ दलहरुले मोर्चा वन्दी थालेका हुन् ।
शिक्षक नियुक्ती प्रकृया चार दलले बाँडफाँड गरेको भन्ने समाचार बाहिर आइरहेको समयमा ती गतिविधीका विरुद्ध आन्दोलन समेत गरिरहेका दलहरु अन्तत्वगत्वा मोर्चावन्दी गर्ने निष्कर्षमा पुगेको राष्ट्रिय जनमुक्ति पार्टीका नेता टोप बहादुर वलालले बताए।
उनीहरुले जिल्लाका हरेक समस्याहरुमा एक भएर प्रस्तुत हुने तयारी समेत गरेको बताइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपाली जनता दल,राष्ट्रिय जनमुक्ती पार्टी,राष्ट्रिय जनशक्ति, पार्टी,नेकपा माले, राप्रपा नेपाल र नेकपा एकीकृतले संयुक्त मोर्चावन्दी गर्ने तयारी गरेका हुन्।
जिल्लाको विकास निर्माण लगायतका विविध सवालमा एक भएर अगाडी वढ्नुपर्ने निष्कर्षसहित मोर्चावन्दी गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेता अमर बहादुर थापाले बताए। उनले समग्र जिल्लाको विकास आफुहरुको एकमात्र मिसन रहेको उल्लेख गरे । भ्रष्टचार, कमिशन तन्त्र, अनियमितता र अत्याचारका विरुद्ध आवाज बुलन्द गर्नु आफुहरुको अभियानको लक्ष्य रहेको उनको स्पष्टोक्ती थियो ।
अर्घाखाँची जिल्लाबाट प्रकाशित केही पत्रपत्रिकाहरुले शिक्षा कार्यालयमा भएको भागवन्डामा आफुले पनि हिस्सा पाउनुपर्ने भन्दै साना दलहरु आन्दोलनमा भन्ने उल्लेख गरी समाचार प्रकाशित भएको प्रति असहमती जनाए।
राष्ट्रिय जनशक्ति पार्टी जिल्ला अध्यक्ष बेदराज घिमिरेले भने “निष्पक्ष र स्वतन्त्र रुपमा परीक्षा हुने बातावरण नवन्दा सम्मको लागि सम्पूर्ण प्रकृया रोक्न माग गर्नुलाई कुन अर्थमा हिस्सा खोजेको भनियो ।” उनले थपे “यो हामीहरुलाई कमजोर वनाउने प्रपन्च बाहेक केही पनि होइन ।” स्वतन्त्र परीक्षाबाट योग्य व्यक्ती नियुक्त हुने बातावरण नवन्दासम्म शिक्षक नियुक्ती प्रक्रियामा आफुहरुको सहमती हुन नसक्ने उनको स्पष्टोक्ती थियो।
स्मरण रहोश : यस् सम्बन्धमा जिल्ला बाट पहिलो पटक अर्घाखाँची डट्कम् ले नीर्बाध रुपमा समाचार सम्प्रेषण गर्दै आएको र आगामी दिनमा पनि यस् कार्यलाई निरन्तरता दिने छ।