– राम प्रसाद अधिकारी
जुकेना ३ गल्धा अर्घाखाँची
हाल : सम्युत्त अरब एमिरेट्स यूएई दुबइ
संपर्क एवम प्रतिकृयाका लागि: ५५१९४६०८
जता त्यतै हरियाली अनि पहाडको छाती ।
प्राण भन्दा प्यारो लाग्छ मेरै अर्घाखाँची ।
सधै भरि हरियाली पलाउदा प्याउली
आँखा भरि आउछ झजल्को उही सुपादेउराली
आज सार्है याद आयो त्यो चौतारीको सितल छाया।
सम्झनाले सताइरहेछ साथी भाईको माया
गाउथे गीत गाई चराउदै गाउले भाकामा
घरत मेरो सेंग्लेंग चुरे पहाडको काखमा ।
नेपाली हुँ म अन्यायमा कहिले पनि झुकेन
नाम मेरो राम प्रसाद अधिकारी घर मेरो जुकेना ।
धन कमाउन भनि खाडी तिर आइयो
कल्पनामै नसोचेको दुख पनि पाइयो।
आटे जति पुग्दो रहेनछ यो मनको रहर
जहाँ गए पनि यस्तै रहेछ अभगीको खबर।
त्यहि ठाउमा हुर्केउ हामी भईएन कहिलै दुखि
अहिले दुबईमा रहदा छैन मन खुशी
तर पनि यहाँ नबसी भएन ५० डिग्रीको तातो खाई
सकेसम्म यो ठाउमा नआउनु है मेरा साथी भाई ।
राम्रो संग पढी विद्वान बन्नु है
जसो तसो गरिकन गाउमै सेवा गर्नु है।
गाउमा सबै खुसि भए थिए रे मेर जन्महुँदा
आखाबाट आउछ आसु गाउकी लाई सम्झिदा
गाउकी ठुलिको बिहे पनिअर्कै संग भयो रे
हामी खेल्ने गरेको पाटीपौवा पनि भत्कियोरे
मलाई पनि सबै तिर समस्याले राखेछ बेरी
तिमि संग प्रिय भेट होलाकी नहोला फेरी
ठुली तिमिलाई राम्रै होस् मलाई जस्तै भए पनि
तिमीलाई सधै सहयोग गर्ने छु म भोकै बसे पनि
तिमि अर्कैको हुँदा मेरो मन रोए होला कति
संसारमै छैन होला तिमीलाई बिर्सने ओखती।