– आचार्य प्रभा
दमक-झापा नेपाल ,
हाल : कोलोराडो, अमेरिका
नअल्झ है पछ्यौरीमा फुक्न गार्हो पर्ला
प्रेमरुपी पाइलाहरु रुक्न गार्हो पर्ला ।
मात्तिएर उठेको त्यो शिर तिम्रो फेरि
धोका खाइे शर्माएर झुक्न गार्हो पर्ला ।
प्रेम सधैं अमर हुन्छ भन्ने पनि छैन
तिर्खाएको माया तिम्रो लुक्न गार्हो पर्ला।
मौलाएका आशाहरु फेरि टुट्न सक्लान्
धोकारुपी ऋणहरु चुक्न गार्हो पर्ला ।
सजाएका सपनालाइे बिर्सिदेउ अब
नयनका आसुँ पनि सुक्न गार्हो पर्ला ।
( रचना -जुलाइ ६/ २०११ )