अर्घाखाँचीमा योग शिविरको समापन

– हरि प्रसाद भुसाल



Photo8



यूएई डेस्क – उद्योग वाण्ज्िय संघ अर्घाखाँचीको आयोजना तथा पतन्जली योग विज्ञान समिति नेपाल, अर्घाखाँची र जिल्ला विकास समिति अर्घाखाँचीको संयुक्त आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा एक हप्ते निशुल्क योग विज्ञान शिविर शनिवार सम्प्न्न भएको छ । शिविर असोज १ गतेृदेखी सदरमुकाम सन्धिखर्कमा रहेको टुडिखेलमा सञ्चाालन भएको थियो ।



पतन्जली योग विज्ञान समितिकी केन्द्रीय महिला प्रभारी हेमा ढुंगानाद्धारा प्रशिक्षण दिइएको शिविरमा तिन सयको हाराहारीमा सहभागिहरुले प्रशिक्षण लिएको आयोजकहरुले जनाएका छन् ।



स्थानीय जनताहरुलाई स्वस्थ वनाउनको लागि कार्यक्रमको आयोजना गरिएको र सहभागिहरुको उत्साहजनक सहभागिताले आफुहरुलाई उत्साहित वनाएको पतन्जली योग समिति अर्घाखाँचीका कार्यबाहक अध्यक्ष हिम बहादुर जि.सी लेकालले वताए । उनका अनुसार जिल्लामा योग विज्ञान शिविरलाई थप व्यवस्थित रुपमा अगाडी वढाउनका लागि समितिले अभियान थाल्ने छ । जिल्लामा इच्छुक मध्ेवाट छनोट गरी योग शिक्षक तयार पार्नको लागि काठमाण्डौ पठाउने र उनीहरुबाट नै जिल्लाका विभिन्न स्थानहरुमा योग शिविर सञ्चालन गर्ने आफुहरुको योजना रहेको उनले जानकारी दिए ।



समापन समारोहमा मन्तव्य राख्दै प्रमुख प्रशिक्षक हेमा ढुंगानाले उत्साहजनक सहभागिताले आफु निकै नै उत्साहित भएको बताइन् । उनले योग विज्ञान शिविरलाई जिल्लामा अझ विस्तार गर्न पनि आग्रह गरिन । जनतालाई स्वस्थ र सक्षम वनाउनका लागि यो शिविर महत्वपर्ूण्ा हुने उनको भनाई थियो । 



जिल्ला न्यायाधिश ऋषीराम अधिकारीको प्रमुख अतिथ्ययतामा भएको समापन कार्यक्रममा वाल्नेहरुले योग शिविरले जिल्लामा वेग्लै खालको तरंग र्ल्याको उल्लेख गरेका थिए । सदरमुकाममा मात्रै भन्दा पनि गाउँ गाउँमा विस्तार गर्नुपर्ने उनीहरुको जोड रहेको थियो । कार्यक्रममा जिल्ला स्थीत राजनीतिक दलका प्रमुखहरु, कार्यालय प्रमुखहरु सहित ठूलो संख्यामा स्थानीयवासीहरुको सहभागिता रहेको थियो । कार्यक्रम नविन किरण भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।



कार्यक्रममा शिविर सञ्चालनार्थ योगदान पुर्‍याउनेहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सम्पन्न भएपछि प्रमुख प्रशिक्षक हेमा ढंुगाना सहितको टोली आज नै काठमाण्डौ फर्किइसकेको छ । 





२०६८ आश्विन ७, शनिवार)

अन्य समाचारहरु