माओवाद की ? माओविचारधारा

– अर्जुन थापा


आज विश्व कम्युनिष्ट आन्दोलनमा माओवाद की  माओ विचारधारा भन्ने विषय बहसको विषय बनेको छ । खास गरेर ९च्भखयगितष्यलबचथ ष्लतभचलबतष्यलबष्कित ुयखझभलतच्षष ० -क्रन्तिकारी अन्तराष्ट्रियतावादी आन्दोलन संग आबद्ध कम्युनिष्ट पार्टी र संगठनहरुले विश्व भरका क्रान्तिकारी कम्युनिष्टहरुले  आफ्नो  पथपर्दशक शिद्धान्त माक्स्रवाद – लेनिनवाद – माओपेविचारधाराको ठाउँमा माओविचारधारालाई परिबर्तन गरी माओवाद मान्नुपर्छ भन्ने मत राख्दै आइरहेको छ । उनिहरुको यो मत  रहदै आएको  छ  की माओविचारधाराले माओको कम मुल्याङ्कन हुने हुँदा माओवाद राख्नुपर्दछ भन्ने मत राख्दै आईरहेको छ । कुरा का माओको कम मुल्याङ्कन वा बढी मुल्याङ्कनको होइन कुरा इमान्दारिताको हो ।

 

रिमसंग आबद्ध पार्टी र संगठनहरुले एकातिर माओको मुल्याङ्कन कम भयो भनिरहेको छ भने अर्कोतिर माक्स्रवादका पाँच बल्क मध्य एंगेल्स र स्टालिनको फोटो हटाएर तिन बल्कको निती लिएको छ । जुन नितीले गर्दा सिङ्गो माकस्रवादलाइ अपाङ्ग बनाउँदछ । एंगेल्सबिना माक्स्रवाद अपाङ्ग हुन्छ भने स्टालिनबिना लेनिनवाद अपाङ्ग हुन्छ ।  तर रिमसंग आबद्ध पार्टी र संगठनहरुले माओलाई माथि उठाएर माकस्रवादको विकास गर्नु भन्दा पनी माओलाई माथी उठाउने नाममा िसंगो माकस्रवादलाइनै विचलन बनाउने र आफ्नो क्यारिरिष्ट सोचाइहरु पुरा गर्ने निति लिएको छ । यो लेखमा मैले माओवाद र माओविचारधाराविचको मौलिक अन्तर वारे प्रकास हाल्ने कोसिस गरेका छु ।


      कुनै पनि विचारलाई वाद मान्नका लागि त्यो विचारले कुनै छुट्टै युगको प्रतिनिधित्व गर्नु पर्दछ । माओको विचारले त्यसप्रकारको छुट्टै कुनै युगको प्रतिनिधित्व गर्दैन । आजको युग सर्बहारा क्रान्ति र साम्राज्यवादको युग हो जसलाई स्टालिन र माओले लेनिनको युग बताउनुभएको छ । स्टालिन र माओले लेनिनवाद सम्बन्धि जुन विष्लेशण  गर्नुभएकेा थियो आज पनी ती विष्लेशण आधारभुत रुपमा कुनै परिवर्तन भएको छैन । चिनमा का। माओले चिनको आर्थिक राजनैतिक सामाजिक वस्थाको ठोस बिश्लेषण गरेर त्यहाँको अर्धसामान्ति र अर्धउपनिवेसीक अबस्थालाई सशस्त्र क्रान्तिको बलमा परास्त गरेर जनवादी ब्यवस्थाको स्थापना गर्नु भयको थियो ।

 

त्यसले विश्वभरका अर्धसामान्ति र अर्ध उपनिवेसिक राष्ट्रहरुका जनतको मुक्तीका लागी एउटा सैद्धान्तिक विचार निस्चित रुपमा दिएको छ । तर का। माओको विचार लेनिनवादभित्रको एउटा विचार मात्र हो किनकी का। माओले लेनिनको युग भित्र नै चिनमा क्रान्ति सम्पन्ा गर्नुभएको हो । का। माओले त्यस्तो छुट्टै कुनै नयाँ युगको विश्लेसण गरेर चिनमा क्रान्ति सम्पन्न गर्नुभएको होइन । का। माअेले त्यही सर्वहारा क्रान्ति र साम्राज्यवादी युग अर्थात लेनिनवादी युग भित्रै रहेर चीनमा नयाँ जनवादीक्रान्ति सम्पन्न गर्नुभएको हो । त्यस्ले के बताउँछ भने माओको विचार लेनिनवाद भित्रबाट बिकसित भएको एउटा विचार मात्र हो । कुरा यति स्पस्ट हुँदाहँुदै पनि रिम संग आब¢ पार्टी र संगठनहरुले माओवादलाई जोडतोडले उठाइरहेको छ ।


      रिमसंग आबद्ध आर।सी।पी अमेरिका र पेरु कम्युनिष्ट पार्टी साइनिङपाथले सुरुमा आफ्नो पार्टीको पथपर्दशक सिद्धान्त माओविचारधारालाई परिवर्तन गरी माओवाद राख्ने निर्णय गरेका थिए । पेरु कम्युनिष्ट पार्टी साइनिङपथले पार्टीको पथपर्दशक िस¢ान्त माओवाद राखेता पनि विश्व कम्युनिष्ट आन्दोलनको बिष्लेषणमा कुनै परिबर्तन गरेका थिएनन । तर आर।सी।पी।ले सुरु देखिनै स्टालिन माथि आक्रमण गर्दै आइरहेको छ । निष्चित रुपमा स्टलिनमा केही कमजोरीहरु थिए । स्टालिनले गरेका कमजोरीहरु ख्ाालि अनुभवको कमीका कारणले मात्र भएका हुन । तर यथार्थलाई बेवास्ता गर्दै आर।सी।पी। ले स्टालिन माथि अनरगल रुपमा आक्रमण गर्दै आइरहेका छन । स्टालीनमाथिको अक्रमण स्पस्ट छ कि उनिहरुको क्यारिरिष्ट सोचाइहरु पुरा गर्ने उदेश्यले अभिप्रेरित छ । 

 

      स्टालिनको मृत्युपछी ख्रुसचेभले स्टालिनमाथि अत्यन्त तल्लो प्रकारले आक्रमण गरेका थिए । पछील्लो समयमा आर सी। पी। अमेरिकाले ख्रुचेभले गरेको स्टालिनमाथिको आक्रमणलाई निरन्तरता दिने काम भएको छ । सुरुमा आर। सी। पी। अमेरिकाले त्यस प्रकारको निति लिएको भएता पनि आज रिमसंग आब¢ सम्पुर्ण पार्टी र संगठनहरुको निति बनेको छ । जसका कारण विश्वका अबसरवादी र क्यारिरिष्ट सोचाई राख्नेहरुका लागी रिमले संपर्कको काम गरेकोछ । 


      रिमको स्थापना गर्दा विश्वभरका माक्स्रवादी लेनिनवादी संगठनहरुको  विचार र अनुभवहरु आदान प्रदान गर्ने उद्यश्यका लागी स्थापना भएको थियो । तर पछि रिम संग आबद्ध पार्टी र संगठनहरुले माओवाद मान्ने पार्टी र संगठनहरुको अन्तराष्ट्रिय मंचको रुपमा प्रयोग गर्दै आइरहॆको छ । र माओविचारधारा मान्ने पार्टी र संगठनहरुप्रती ढोका बन्दको निति अपनाएको छ । 


      रिमको स्थापनाकालदेखिनै आरसीपी अमेरिकाले रिमको नेतृत्व गर्दै आएको छ । त्यस्को नेता बब अभाकिनले आफ्नो क्यारिरिष्ट सोचाइहरु पुरा गर्न विश्का कम्युनिष्ट पार्टी र संगठनहरुलाई प्रयोग गर्ने कोसिस गर्दै आइरहेका छन । रिमसंग आबद्ध पार्टी र संगठनहरुले आर।सी।पी।अमेरिकाको त्यस प्रकारको गलत नितिको बिरुद्ध संघर्ष गर्नुको साटो संझौता परुस्त निति अपनाएका छन ।आर।सी।पी।अमेरीकाको त्यस प्रकारको गलत नितिसंग संझौता नगर्ने र संघर्षको निति अपनाउने पार्टी र संगठनहरुलाई  रिमको सदस्यताबाट निस्कासन गर्ने गरेका छन । जुन निति १९८४मा सम्पन्न माकस्रवादी-लेनिनवनदी पार्टी र संगठनहरुको सम्मेलनद्धवारा पारीत गरेको रिमको घोषणापत्रको बिपरित छ । रिमसंग आबद्ध पार्टी र संगठनहरु आजसम्म आइपुग्दा माक्स्रवाद-लेनिनवादबाट बिचलन टाट्स्कीवादी ँवामपन्थिू अवसरवाद र दक्षिणपन्थि अवसरवादको वाटो समातीरहेको छ । जसले गर्दा कहिले उग्रवमपन्थि  त कहीले दक्षिणपन्थि अवसरवादको  दिशा समातीरहेका छन् । यसले के बताउछ भने का।माओको कम मुल्याङ्कन भएर माओवाद  आएको नभएर आफ्ना क्यारिरिष्ट सोचाइहरु पुरा गर्ने उद्यश्यले माओवादको शब्दावली आएको कुरा स्पस्ट भएको छ ।


       अन्तमा यतिवेला माक्स्रवाद-लेनिनवाद र माओविचारधराको बिरुद्ध सबैतिरबाट आक्रमण भैरहेको छ त्यसको रक्षाका लागि सम्पूर्ण सच्चा माक्स्रवादी – लेनिनवादीहरु एकताबद्ध हुन आबश्यक छ ।

 


The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.