यूएई डेस्क – धारापानी गा.वि.स. वडा नं. ६ बाँजाखर्क निवासी स्थानीय समाजसेवी टेकलाल भुसालको शुक्रवार विहान निधन भएको छ ।
लामो समयदेखी सानजसेवामा समर्पित ७६ वर्षिय भुसाल दमको रोगवाट लामो समय अघि देखी नै पिडित हुनुहुन्थ्यो । उहाँको उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा शुक्रवार विहान बाटोमै निधन भएको हो ।भुसालको शुक्रवार नै दासंस्कार गरिएको छ ।
मृतक भुसालको पार्थिव शरिरलाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी.ले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको
थियो ।
दाहसंस्कार गर्नुअघि आयोजित शोक सभामा वोल्दै के.सी.ले पार्टीले इमान्दार र प्रतिवद्ध कार्यकर्ता गुमाएको भन्दै गहिरो दुख व्यक्त गर्नुभएको थियो । सभामा एकीकृत नेकपा माओवादी प्रतिनिधी टिकाराम भुसाल, नेपाली काँग्रेसका प्रतिनिधी डोम प्रसाद भुसाल, एमाले प्रतिनिधी खगिश्वर वन्जाडे लगायतले शोक मन्तव्य राखेका थिए ।
भुसालको निधन प्रति राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका अध्यक्ष झविलाल थापाले एक शोक वक्तव्य जारी गर्दै गहिरो दुख व्यक्त गर्नुभएको छ । बक्तव्यमा थापाले मृतक टेकलाल भुसालको सपना बमोजिम गरीवहरुको सासन ल्यानका लागि पार्टी अविचलित भएर लाग्ने कुरा उल्लेख गर्नुभएको छ ।
त्यस्तै नेपाली जनता दलका जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले समेत एक शोक बक्तव्य जारी गर्दै भुसालको निधनले राष्ट्रवादी आन्दोलनमा गहिरो धक्का लागेको उल्लेख गर्नुभएको छ । भुसालका श्रीमती दुइ छोरा र एक छोरी छन् ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.