यही सरकारले शान्ति र संविधानका काम पुरा गर्छ- रायमाझी


 

– वीरेन्द्र केसी


अर्घाखाँची – स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले यही सरकारले शान्ति र संविधान लेखनका काम पुरा गर्ने दावी गरेका छन ।


दशै मनाउन गृह जिल्ला अर्घाखाँची आएका बेला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै रायमाझीले बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि जनताले ठुलो आशा गरेकाले जनतामा पलाएको आशालाई साकार पार्न यही सरकारले सबै काम पुरा गर्ने दावी गरे । उनले जनताको आशलाई जस्तो सुकै कठिनाईलाई सामना गरेर भएपनि शान्ति र संविधाका काम पुरा गर्ने दृढता व्यक्त गरे ।

 


 

माओवादी स्थायी समिति सदस्य समेत रहेका रायमाझीले मोहन वैद्यले सडकमा राँका बाल्नु विरोध गर्नु सामान्य भएको भन्दै त्यसले शान्ति र संविधानलाई कुनै असर नगर्ने बताए ।  शान्ति र संविधानको लागि यो सरकार दृढ छ उनले भने कसैले सडकमा राँका बालेपनि विरोध गरेपनि टाउका फुटाएपनि शान्ति र संविधानका काम पुरा गर्न यो सरकार भन्दा अरु विकल्प छैन यो सरकार कसैसँग झुक्दैन घुडा पनि टेक्दैन । बाबुरामको नेतृत्वमा रहेको सरकारले शान्ति र संविधानका काम पुरा गर्न नसके अरु कसैले पनि गर्न सक्दैन उनले भने यी काम पुरा नभए देश र सबै दलहरु असफल हुनेछन ।  बाबुरामप्रति सबैको ठुलो अपेक्षा र जनताले रुचाएका व्यक्ति प्रधानमन्त्री भएकाले शान्ति र संविधानका काम गरेर छाडने बताए । उनले शान्ति र संविधानका मुलभुत काम पुरा गरेरै छाडने भन्दै रायमाझीले दशैपछि केही खाका बाहिर आउने बताए ।


उनले सरकार पाँच वटा एजेण्डा लिएर अघि बढेको बताए । पहिलो  शान्ति वाहाली संविधान निर्माण जनतालाई राहत र दृर्घकालिन योजनाका साथ अघि बढेको प्रष्ट पारे ।  उनले काग्रेस र एमालेले पनि शान्ति र संविधानका काम पुरा गर्न सहयोग गर्नुको विकल्प नभएको बताउँदै रायमाझीले यही काम पुरा गर्न नसक्दा जनतामा नेताहरुप्रति विश्वास घटदै गएको छ । जसरी भएपनि यी काम सबै मिलेरै गर्नुपर्छ उनले भने नत्र देश र नेताहरुको भविश्य छैन ।

 



उनले सबैलाई एकताबद्ध भएर सहयोग गर्नुपर्छ उनले भने सरकार यही कुरामै लागेको छ सहयोग गर्नुभन्दा अरु विकल्प छैन । स्थान्ीय विकास मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका रायमाझीले स्वागत तथा सम्मानसँगै जिल्लामा विकास निर्माण काम गर्न संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सचिव नेत्र भुसाल लगायतका उद्येागी व्यावसायीहरुले माग गरेका थिए । उनले देशको राजनीतिक अस्थिरताले जनताले अपेक्षा गरे बमोजिमका विकास निर्माणका कामहरु पुरा गर्न नसकेको स्वीकारे । 



 




















 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




अन्य समाचारहरु