– जगत प्रसाद आचार्य
अधिबक्ता, हाल दुबई
हामी नेपाली हिन्दुहरुको महान् चाड बडा दशैंको फूलपातीको दिनमा परम्पराअनुसार प्रतेक हिन्दु धर्माबलम्बी नेपालीहरुका घर घरहरुमा शुभसाइतका प्रतीकका रूपमा उखु, अदुवा, केरा, र धान बोट अनि बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल लगायत अन्य विभिन्न फलफूल विधिपूर्वक भित्रयाइन्छ । पर पूर्व कालदेखि नै गोरखा दरबारस्थित दशैंघरबाट पाँच जना पुजारीले ल्याएको फूलपाती काठमाण्डौँको जमलसम्म ल्याई त्यसलाई सुद्ध गर्न पर्सेर हनुमानढोकास्थित दशैँघरमा विधिपूर्वक भित्र्याउने चलन आज सम्म चल्दै आएको छ जसमा सरकारको उच्च पदस्त स्तर देखि रास्ट्रपति सम्म सरिक हुने हुनाले पनि दशैंको महत्ब सम्पूर्ण देश बिदेशमा हुने हिन्दु धर्माबलाम्बिहरु माझा अझै ब्यापकता छाएको छ/
नेपालमा घटस्थापनाका दिनदेखि नै विधिवत रुपमा दशैं पर्बको सुरुवात भएता पनि नेपालको सन्दर्भमा दशैँ पर्वको विशेष चहलपहल भने फूलपातीको दिनदेखि आझै बढी रुपमा हुन गर्दछ / पहाड र हिमाली जिल्लाहरुमा त दशैं आउनु भन्दा १ महिना अगाडी देखि घर रङ्गउनलाई रातो, सेतो माटो ल्याई रंगाउने चिउरा कुट्ने अचार बनाउने, भोर्लाको पात टिपी दुना टपरी बनाउने, नया नया कपडा खरिद गरि दर्जी दाईलाई घरैमा बोलाएर लुगा सिलौना लगाउने, मार हान्न लाई तरबार खुकुरी अर्जाप्ने लगायत दाल चामल नुन तेलको जगेडा गर्नेदेखि आ आफ्नो टोल टोलको बाटो, पधेरो वरिपरि राम्रो र सफा सुघर होस् भनेर सामुहिक रुपमा जम्मा भई मर्मतसंहार गर्ने, सबै लाई पायक पर्ने ठाउमा रोटे र लिंगे पिंग लगाएर सम्पूर्ण गाउँ वासीहरु त्यसमा आनन्द लिन गर्दछन् अझै टिकाको दिन त्यस पिंगमा खुट्टा लगायर मात्रै भयेपनि भुइँ छोड्नु पर्छ भन्ने मान्यता लिरहदै आएको छ/ यसरि बिबिध छेत्रमा सम्पूर्ण गाउँलेहरु मिलेर मनोरंजन गर्नेले घर गाउँमा पहिला पहिला भएका साना तिना तिता अनुभबलाई पनि बिर्सेएर सबैसंग मित्रता कायम हुने हुनेले यो दशैंको महत्ब हिमाली र पहाडी छेत्रमा बस्ने हिन्दु धर्माबलम्बीहरुमा बिशेष महत्ब मानिन्छ /
त्यसै गरि नेपालको तराई भागमा बस्ने हिन्दु धर्माबलम्बीहरुले दशैंको तयारीलाई पहाड तराई भन्दा कम महत्व दिई बिस्तारै तयारी गर्ने गर्दछन् किनभने त्यहा दशैं तयारी किनमेल गर्न सबै सुबिधा हुने हुनाले पनि कम महत्व दिएको हुन सक्छ / यो दशैँले साना साना नानी हरुको लागि ज्यादै हर्ष र उमङ्ग ल्याई दिन्छ कैले बिद्यालय बन्द हुन्छ र साथी हरु संग घुम्ने खेल्ने, पिंग खेल्ने, नया लुगा र गर गहना लगाएर आफन्त हरुकोमा टिका लगाउन जाने भन्ने पहिला देखि नै योजना बनाई रहेका हुन्छन / हुन पनि नेपाली संस्कारमा पनि दशैंको समयमा जे जसरि भएपनि नानी हरुको राम्रो लगाउने र मिठो खाने चाहना पुरा गरिदिई उनीहरुलाई खुशी राख्न हरेक परिबारका मुलिले अहम भूमिका खेलका हुन्छन / हरेकको घर घरमा मिठो मसिनो पकाको हुन्छ सस्तै भएपनि नया लुगा लगाउन दिई परिबारमा खुशी दिई रहेका हुन्छन त्यसले यसलाई हर्ष र खुशीको पर्बको रुपमा केटा केटि देखि बुदा बुढी सम्ममा सबैलाई खुशी तथा आनन्दको बहार ल्याई दिने हुनाले भनिएको हुनुपर्छ /
नेपाल अधिराज्य भरि हुने हिन्दु धर्मालम्बिहरुले वर्षा भरिका दुख पिडा,अभाब र बिछोड जस्ता पक्षलाई बिर्सीएर हर्षोलासका साथ दशैं पर्ब मनाउने प्रचलन परापुर्ब काल देखि चलि आएको भएको हुनाले पनि आफ्नो रोजगारी,व्यापार व्यसाय , पढाई वा अन्य कारणले नेपाल भित्र वा नेपाल बाहिर हुने सबैका आफन्तहरु लाई फूलपातीदेखि यो दशैं पर्बले चुम्बकले फलाम तानेझैँ तानी नजिक ल्याउन गर्दछ / अनि सप्तमी अस्टमि र नवमीमा आ आफ्नै घर घरमा खानपिनको लागि काका, दाई , भाई,मामा अन्य आफन्त र मिल्ने साथी भाई हरुकोमा आवत जावत गर्ने र दशमीको दिन आफ्ना घरको सबै भन्दा ठुलाबारा टिका थापी आशिर्बाद लिने/ दिने चलन छ यसरि आसिर्बाद संगै साना साना नानीहरु र चेलीबेटी हरुलाई दक्षिणाको रुपमा आ आफ्नो गच्छेअनुसार दिने चलन रहेको छ भने कतै टिका लगाई आशिर्बाद दिनेलाई फलफुल र नगद राखी ढोग भेट गर्ने चलन रहेको छ/ नेपाल बहु जाती बहु भाषी नागरिकहरु भएको मुलुक र ठाउँ अनुसारको फरक संस्कार हुनाले सबै जात जाती, भाषा भाषीमा केहि मिल्दा र केहि फरक संस्कार हुन सक्छ तै पनि समग्रमा सबै हिन्दुहरुले बिशेष महत्बको रुपमा दशैँ लाई मनाउने गर्दछन /
प्रत्येक विदेशमा बस्ने हिन्दु धर्माबलम्बी नेपालीहरुको चाहना हुन्छ कि आफु विदेशबाट घर जानु पर्दा दशैं वा तिहारमा परोस जसले गर्दा बिदाको सदुपयोग त्यो चाडबाड आफन्तहरुसंग भेटघाट र दुख सुख साटा साट गर्ने अवसर मिलोस, तर त्यस्तो अवसर केहीलाई मात्रै जुर्छ आफ्नो घर गई परिबारको साथमा सामेल भई पारिबारिक खुशीमा रमाउने अन्य सबै नेपालीहरु भने आफ्नो घरको दशैंमा सामेल हुन नपाएको दुखलाई भुल्नलाई र नेपालमा जस्तो हरेकको कोठा वा घरमा दुर्गा पुजा राखी दशैं मान्न परदेशमा सबैलाई मिल्दैन त्यसले गर्दा समूह समूह मिलि हरेक देशमा बर्सेनी आउने दुर्गापूजा दशैं, तिहार लगायत अन्य धार्मिक-सांस्कृतिक चाडबाडलाई सामुदायिक रूपमा सम्पन्न गर्ने गर्दछन् जसले गर्दा नेपाली समुदायबीच भावनात्मक एकता र सद्भाव विकास भई यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले नेपाली समुदायको मनोबल उकास्नुका साथै सामाजिक स्तरमा नेपालीहरुको छुटै पहिचान गर्न मद्दत पुग्ने हुन्छ /
यसरि प्रबाशमा बस्ने नेपाली हरु जुन देशमा बसेका हुन्छन त्यै देशमा साथी भाई वा परिवार भेला भई छुटिको दिन वा काम सकी फुर्सदको समयमा मांशाहारीहरुले खशी काटी दशैंको परम्परालाई कायम राख्न खानपिन गरि साथी भाइकोमा सम्पूर्ण भेला भई वा पार्कमा भेला भई घरबाट बनाएर लागेको खानाहरु खादै गफगाफ गर्दै नाचगान गर्दै दशैंको स्वागत गर्दछन् भने शाकाहारीहरुले आफ्नो इच्छा अनुसारको खानपिन बनाई मिल्ने साथी भाईहरु जम्मा भई रमाइलो गर्दछन् र टिका को दिनमा एक ले आर्को लाई टिका लगाएर फोटो खिची सबै साथी भाई हरुला कुनै जात पातको पर्बाह नगरी एक आपसमा टिका लगाई खानपिन गरि आपशमा भात्रित्बको व्यवहार गर्दछन् जहाँ कोहि पूर्व कोहि पश्चिम कोहि दलित को जनजाती,को मदेशी र कोहि बिदेशी केहि पर्बाह हुदैन सबै मानब र सबैको रगत समान छ भन्ने मान्यता अनुसारको व्यवहार हुन्छ यस्तो संस्कार प्रबासमा बस्ने नेपाली हरुबाट नेपालमा हुने नेपालहरुले पनि सिक्ने हो भने देखि बास्तबमै नेपालमा छुवा छुत र जात जाती भाषा भाषी बिचको दुरी यथासक्य चाडै कम भई सबै बिचमा बन्धुत्व र एकता कायम हुनमा ठुलो सयोग पुग्छ भन्ने मलाई लाग्दछ /
यसरि समस्टीगत रुपमा भन्नुपर्दा दशैंलाई हरेक हिन्दु धर्माबलम्बीहरुले नेपालमा सबै भन्दा ठुलो चाडको रुपमा मान्दै आएको र घर छोडी जहाँ जता जे जसरि बसेमा पनि दशैं लाई हिन्दु धर्माबलाम्बिहरुले कहिलै बिर्सिन सक्दैनन् त्यसले जहाँ सुकै बसेर वा भएर पनि आफ्नो संस्कार र पर्बको रुपमा दशैं लाई निरन्तरता दिएर देशको धर्म, संस्कृति,भाषालाई विश्व सामु चिनाउदै घर परिबारको लागि आर्थिक समस्या टार्दै आफ्नो सिपलाई राष्ट्रिय र अन्तरास्ट्रिय बजारमा बिक्रिगरि रहेको अवस्थामा घरमा बसेर सम्भब नभएको र नगरेको परिबर्तनलाई आज प्रबासमा बसेर समयको माग संगै देश र समाजमा भएका कुरितिहरुलाई बिस्तारै कम गर्दै अगाडी बढ्नमा प्रबाशी नेपालीहरुको प्रबाशको दशैंले सबै बिचमा भाइचारा र बन्धुत्व कायम गर्दै महत्बपूर्ण भूमिका खेलेको र अझै बढी खेल्ने छ जसले गर्दा बिस्तारै नेपालमा पनि यहि परिपाटी कायम हुनेमा आशाबादी हुन सकिन्छ / दुर्गा माताले सबैको कल्याण गरुन ,२०६८ सालको वडा दशैंको शुभकामना !!
धन्यवाद !!
The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.