ठेगाना – निवास – १५र१०२ ठमेल, काठमाडौं, फोन ४१२२७४
मौलिक कृतिः – १)ऋतु विचार- १९७३ -२) वुद्धिविनोद – १९७३ -३) सत्यकलि संवाद – १९७६ -४) सत्यस्मृति – २००९ ५) मेरो राम – २०११ -६) त्याग र उदयको सन्देश – २००१ -७) गीताञ्जली – १९८६ ८) तरुण तपसी -२०१० – काव्य -९) लक्ष्मीपूजा – १९९४ १०) लालित्य – कविता संग्रह-भाग १-२०१० र भाग २-२०२५ -गीतासागर – श्रीमद्भगवत गीताको भावसार
सम्पादित, अनूदित र फुटकर कृतिः – १) अभिज्ञान शाकुन्तल-२०१५ अनुवाद २) विभिन्न पत्र-पत्रिकामा कविता, लेख, प्रकाशित
पुरस्कार, मान-सम्मान, पदक– १) वि.सं. २०२६ मा “त्रिभुवन प्रज्ञा पुरस्कार” २) वि.सं. २०२८ मा श्री ५ त्रिभुवनबाट कवि शिरोमणि “उपाधि प्रदान ३) वि.सं. २०११ रथयात्रा गरिएको
आजभन्दा एकसय चौबीस वर्षअघि अर्थात् १९४१ साल पुस महिनाको पौस शुक्ल एकादशीका दिन लेखनाथ पौड्यालको जन्म भएको थियो । यिनको बुबाको नाम दुर्गादत्त पौड्याल र आमाको नाम बसुन्धरा पौड्याल हो । गण्डकी अञ्चल, कास्की जिल्लाको अर्घौँ-अर्चलेमा जन्म लिएका यिनी आफ्ना आमाबुबाको जेठो छोरो थिए ।
त्यसबेलाको परम्पराअनुसार पाँच वर्षको उमेर पुगेपछि मात्र उनको अक्षर सिक्ने प्रक्रिया अघि बढ्यो । उनले सुरुमा घरैमा प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए ।पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए ।उनले आफू साहित्यलेखनमा लाग्न पितृप्रसादको सहयोग लिन खोज्दा उनीबाट उल्टै हप्काइ खाएका थिए । वास्तवमा त्यही ईख र दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनले काव्य सृजनाको लेखनविन्दूमा आफूलाई पुर्याएका थिए ।
दस वर्षको उमेरसम्ममा उनले आफ्नो गाउँमा नै संस्कृतको प्रारम्भिक शिक्षा ग्रहण गरे । जब १५ वर्षको भए त्यसपछि आफ्नो अध्ययन अघि बढाउन उनी काठमाडौं आए काठमाडौंमा आएपछि केही समय तीनधारास्थित संस्कृत छात्रावासमा बसेर उनले संस्कृत पढे । यहाँ बस्दा नै उनमा कविता सिर्जनाप्रति विशेष चाख जागृत हुँदै गयो । यसप्रति नै उनले आफूलाई अग्रसर तुल्याउँदै लगे ।त्यही तीन वर्षपढेर उनी बनारसमा संस्कृत मध्यमाको परीक्षा दिन गए, तर उनी फेल भए । त्यसपछि उनले पढ्ने कामबाट मन झिके । यति हुँदाहुँदै पनि नेपाली र संस्कृत भाषामा उनी पण्डितलाई पनि जित्ने भए । उनको ज्ञानका कारण बनारसबाट प्रकाशित ‘सूक्तिसूधा’ र ‘कविताकल्पद्रुम’मा उनका नेपाली र संस्कृत भाषामा कविता छापिए । साथै सुन्दरी, माधवी, चन्द्र, चन्द्रिका साहित्यिक पत्रिकाले लेख छापेर यिनलाई प्रोत्साहन गरे । पौड्याल पठनपाठनमा नभएकाले बरालिन पनि थाले । त्यही क्रममा उनी आफ्ना बाजे राधाकृष्णलाई पछ्याउँदै तराईको वीरपुर पुगे । त्यहाँ पनि उनले काम नपाएपछि उनी भौतारिंदै भारतको आसामतिर लागे । त्यसैबीच उनीसँग राममणि आदीको सम्पर्क भयो । घटराज भट्टराईका अनुसार त्यसैताका “हलन्त बहिष्कार अभियानमा आचार्य र पौडयालको सहमति बन्यो । पछि राममणि राणाका दरबार घुस्रेपछि पौडयाल उनलाई पछयाउँदै काठमाडौँ आए । तर सुरुका दिनमा उनले काठमाडौंमा राम्ररी टेक्ने ठाउँ भेटेनन् । पछिचाहिं उनले भीमशमशेर जबराका नातिहरू पढाउने जागिर पाए । राणाका सन्तान पढाउन थालेपछि पौड्यालको बिहानबेलुकाको गर्ज पनि राम्ररी टर्न थाल्यो । त्यही समय उनले आफ्नो काव्यात्मक व्यक्तित्वलाई पनि पालिस गर्ने अवसर पाए । उनको कविता पढेर नै भीमशमशेरले उनलाई हजुरिया बनाए । तर जुद्धशमशेर श्री ३ भएपछि पौडयालको शिरमा बल्लबल्ल लागेको घाम पनि अस्तायो ।
उनी बनारसबाट नेपाल आएपछि नेपाली भाषामा कविता सिर्जना गर्ने क्रम तीव्र रूपमा अघि बढ्न थाल्यो । यसैबीच १९६१ सालमा उनकी धर्मपत्नीको निधन भयो । उनीमाथि अर्को पीडा थपिन पुग्यो । वि.सं. १९६१ देखि १९७२ सम्म विभिन्न किसिमका विरह, वेदना, छटपटी, अभाव, वैराग्य आदिले उनलाई नराम्ररी गाँजेको थियो । यस अवस्थामा अत्यन्त विरक्त भएर उनी छप्कीवास र मुग्लानसम्म पनि पुगे । यसैबीच १९७२ सालमा उनको भेट स्वर्गद्वारी महाप्रभुसँग हुन गयो । लेखनाथ जोगी बन्ने मनशायले त्यहाँ पुगेका थिए । स्वर्गद्वारी महाप्रभुले उनलाई हरेक तरहले सम्झाए । उनको मार्गदर्शनबाट उनले जोगी बन्ने मनशाय चटक्कै छाडिदिए । आफूलाई कर्मशील तुल्याउनुपर्ने आवश्यकता बुझे । उनको जीवनपद्धतिमा ठूलो परिवर्तन देखा पर्न थाल्यो । यसैबीच उनले सत्यदेवीसँग विवाह पनि गरे ।
कवि शिरोमणि लेखनाथ पौड्यालको कवितायात्राको प्रारम्भ वि.सं. १९६१ सालमा प्रकाशित ‘कविता कल्पद्रुम’ मा सङ्गृहीत उनका दुई कविताबाट भएको पाइन्छ । १९६९ मा प्रकाशित ‘लालित्य’ भित्र सङ्गृहीत कविताले उनको प्रतिभालाई नेपाली समाजले अझ राम्ररी बुझ्ने र जान्ने मौका प्रदान गर्यो । यसपछि १९७० मा प्रकाशित उनको ‘शोक प्रवाह’ शीर्षकको शोक काव्य, १९७३ मा प्रकाशित ‘ऋतु विचार’ खण्डकाव्य र १९७३ मा नै प्रकाशित ‘बुद्धि विनोद’ शीर्षकको अर्को खण्डकाव्यले नेपाली कविता साहित्यलाई नै युगान्तकारी मोड दिन पुग्यो । नेपाली समाजमा उनको ख्याति दिन प्रतिदिन बढ्दै जान थाल्यो । उनी नेपाली कविता साहित्यको आधुनिक कालका प्रवर्तक मानिन थाले ।
यसैबीच १९७६ साल जेठ २६ गते उनका बुबा दुर्गादत्त पौड्यालको निधन हुनपुग्यो । यसले उनको सम्हालिँदै गएको मनलाई फेरि अर्को झड्का दियो । उनले आफूलाई आफैँले बुझाए । यसै साल अर्थात् वि.सं. १९७६ सालमा नै उनको ‘सत्य-कलि संवाद’ शीर्षकको अर्को कृति प्रकाशित हुनपुग्यो । यो कृतिले पनि नेपाली कविता साहित्यको क्षेत्रमा व्यापक चर्चा पायो । साहित्य सिर्जनामा नै उनी निमग्न हुनथाले । उनले अनेकौँ फुटकर कविताहरू रचना गरे । पुस्तकहरू लेखे । यसमध्ये ‘पिजराको सुगा’, ‘कालमहिमा’, ‘सत्य-सन्देश’, ‘जीवन-चङ्गा’, ‘गौँथलीको चिरिबिरि’ आदि कविता अविस्मरणीय बनेका छन् । त्यस्तै उनको प्रकाशित कृतिमध्ये ‘गीताञ्जली’ -१९८६), लक्ष्मीपूजा -नाटक-१९९४), ‘त्याग र उदयको युगल प्रकाशन’ -स्तुतिकाव्य-२००२,) ‘अमर ज्योतिको सत्य स्मृति’, -शोक काव्य-२००८), तरुण तपसी -नव्य काव्य -२०१०), ‘मेरो राम’ -खण्डकाव्य-२०११), अभिज्ञान शाकुन्तल-नाटक-२०१५), ‘भतर्हरि निर्वेद’ -नाटक-२०२०) र ‘गङ्गा गौरी’ महाकाव्य आदि अमर र अमूल्य कृति मानिन्छन् ।राणाकालीन युगमा खुलेर साहित्य लेख्न पाइँदैनथ्यो । राम्रा सृजना पनि आगोमा झोस्नुपथ्र्यो या त स्रष्टाले चिसो खोरमा सुत्न जानुपथ्र्यो । त्यसैले पौड्यालले जति लेखे धेरै लेखे । यसै प्रसङ्गमा उनी आफै भन्थे “मेरो समयमा त म एक्लो जस्तै थिएँ । त्यति बेला लेख्नु त पापै सम्झिन्थ्यो । तर मैले त्यस्तो समयमा पनि लेखेँ नि !”
२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणिको पद र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरेका थिए ।लेखनाथ पौड्यालले ‘कविशिरोमणि’को पद पाएपछि उनले र्सवप्रथम आफ्ना गुरू दधिराम मरासिनीलाई एउटा चिठी लेखे मेरा पूज्य गुरू ! तपाईंले मेरा हात समाएर मलाई कवितायात्रामा प्रवेश गराउनाले नै आज म कविशिरोमणि भएको छु ।वि सं २०११ सालमा नेपाली शिक्षा परिषद्को आयोजनामा, पौड्यालकै शुभजन्मोत्सवको उपलक्ष्यमा, उनलाई रथमा राखेर उनको शोभायात्रासहित नागरिक, अभिनन्दन गरिएको थियो ।यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम । साथै यस कार्यमा छाता ओडाउने काम चाहिं महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए । त्यसै बेला देवकोटा र समले पौडयाललाई रथारोहण गराएका थिए । त्यस दिन पौडयालका हातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रुपियाँको थैली पनि राखिएको थियो । त्यस घटनाको खुशियालीमा पौड्याल रोएका थिए । पौड्याललाई रथारोहण गराइएको विषयमा उत्तम कुँवरले लेखेका छन् “२०११ पुस २० गतेको मध्य दिनमा जिउँदा कविलाई रथमा राखेर हजारौँ जनताले तँ छाड र म छाड गर्दै ठमेल सल्लाघारीदेखि टुँडिखेलको ऐतिहासिक खरीको बोटसम्म ल्याए । शिरोमणिका आँखामा आँसु थि