उच्च स्तरिय उर्जा लगानी फोरम राजधानीमा सुरु

दुई दिने उच्च स्तरिय उर्जा लगानी फोरम राजधानीमा सुरु भएको छ । उर्जा मन्त्रालय र एशियाली विकास बैंकको संयुक्त आयोजनामा सुरु भएको उर्जा सम्मेलनको प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले उद्घाटन गरेका छन। उद्घाटनका अवसरमा प्रधानमन्त्री भट्टराईले छिट्टै राजनीतिक संक्रमणकालीन अवस्थाको अन्त्य गरी जलविद्युतमा लगानीको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।


राजनीतिक संक्रमणकालीन अवस्थाले लगानी गर्न लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले लगानीको वातावरण बनाउन सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ छ । भट्टराईले जलविद्युतमा लगानी बढाउन लगानीकर्ताको सुझाव सहितको आधारमा गाइडलाइन बनाइने बताए ।

उर्जा मन्त्री पोष्ट बहादुर बोगटीले कुल विद्युत उत्पादन क्षमताको आधारमा १ प्रतिशत पनि विद्युत उत्पादन नभएको भन्दै विद्युत उत्पादनलाई सरकारले पहिलो प्राथमिकता दिएको बताउए । उहाँले सुख्खा याममा लोडसेडिङ्गको समय घटाउन सरकार लागिरहेको पनि बताउए ।


८३ हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको भनिएपनि हाल करिब ७ सय मेगावाट मात्रै विद्युत उत्पादन भैरहेको छ । दुई दिने सम्मेलन नेपालमा जलविद्युतको क्षेत्रमा गर्न सकिने लगानी र वातावरण लगायतका विषयमा केन्द्रीत रहेको छ ।