श्रीलंकाका एक अरबपतिलाई अमेरिकी अदालतले ११ बर्षको जेल सजायँ र एक करोड अमेरिकी डलरको जरिवाना तोकेको छ । अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका श्रीलंकाली अरबपति राज राजारत्नमलाई न्युयोर्कको शेयर बजारको नियम उलंघन गरेको आरोपमा जेल सजायँ सुनाईएको हो ।
उनको कुल सम्पती एक दशमलब ३ अर्व अमेरिकी डलर रहेको छ । श्रीलंका, अमेरिका र सिंगापुरमा बिभीन्न ब्यापारिक प्रयोजनमा उनको लगानी रहेको राजारत्नम हेज फंडका म्यानेजर हुन् ।
अमेरिकामा शेयर बजारको कुनै कम्पनीको सार्वजनिक नभएका आन्तरिक कुराको आधारमा ब्यापार गरेको आरोपमा उनलाई जेल सजायँ सुनाइएको हो । सन् २००९ को अक्टोबर महिनामा अमेरिकामा पक्राउ परेका उनलाई आफनै निवासमा नजरबन्दमा राखिएको थियो । राजारत्नमसंगै अन्य दश जनालाई पनि यस मामिलामा बिभीन्न सजायँ दिइएको छ ।