चीनमा कम्युनिष्ट पार्टीको नेतृत्व परिवर्तन गरिनु अघि पार्टीको वार्षिक बैठक शुरु

चीनमा कम्युनिष्ट पार्टीको नेतृत्व परिवर्तन गरिनु अघि पार्टीको वार्षिक बैठक शुरु भएको छ । राजधानी वेङजिंङमा चार दिनसम्म चल्ने केन्द्रीय समिति बैठकको मूल विषय संस्कृति भएपनि अर्थव्यवस्था, अन्तर्राष्ट्रिय समुदायमा चीनको स्थान र इन्टरनेटको बढ्दो प्रभाव जस्ता मुद्दामा पछि छलफल हुने बताइएको छ । सामाजिक मुद्दामा भैरहेका बहसलाई नियन्त्रण गर्न इन्टरनेटका कारण नयाँ चुनौति थपिएको पार्टीको बुझाइ छ ।


चीनमा हालैका दिनमा इन्टरनेट र सामाजिक संचार सञ्जालको प्रयोग गरी मजदुरहरुले हड्ताल गर्ने क्रम बढेको छ । यद्यपि, आधिकारिक रुपमा बैठकको विषयबारे भने केही खुलाइएको छैन । चिनियाँ राष्ट्रपति हु जिन्ताओले आगामी वर्षको पार्टी कंग्रेसपछि पद छोड्दै हुनुहुन्छ भने प्रधानमन्त्री वेन जियाबाओ सरकारको कार्यकाल पनि सन् २०१२ मै सकिंदै छ । चीनमा उच्च नेतृत्वमा रहेका नेताहरुले अर्को वर्षदेखि नयाँ पुस्तालाई नेतृत्व हस्तारण गर्दैछन् ।