– वीरेन्द्र केसी
अर्घाखाँची – सुविधा खोज्दै बजार झर्नेको संख्या बढदै गएपछि पछिल्लो पटक गाउँ प्रायः सुनसान देखिने आवस्थामा पुग्न थालेपछि गाउँका खेतीयोग्य जमिन बाझिदै जाने क्रम बढदो छ ।
शहरी क्षेत्रमा बसाई सराई गर्दै आएपछि उनीहरुले भोगचलन गर्दै आएको ठुलो सख्यामा रहेको खेतीयोग्य जमिन बाँझिदै गएको हो । गाउँमा अन्न उत्पादन हुने खेतवारी बाँझिदै जान थालेपछि अन्न उत्पादन समेत घट्दै गएको छ । गाउँका अधिकाश खेतबारी प्रत्येक वर्ष बाँझिदै जाने क्रम बढदो छ । सदरमुकाम र बाहिरी शहरमा बसाईसराई गरेर जानेले गाउँमा पुस्तौदेखी भोगचलन गर्दै आएका खेतवारी त्यसै छाडेर हिडने गरेका छन ।
खेती गर्ने उमेरका किसान अभावमा जिल्लाको सयौ हेक्टर जमिन बाँझिन पुग्दा खेर गएको छ । बसाई सराईसँगै रोजगारीमा विदेशिएका घरपरिवारहरु शहरमा बस्ने चलनले गाउँका सयौ मुरी अन्न उत्पादन हुने खेतीयोग्य जमिन चौर जस्तै हुने थालेको गाउँका बुढापाकाको भनाई छ । जिल्लाको वाँगीअर्घा र हंसपुर गाविसमा यसै वर्ष मात्रै तीन हजार हेक्टर बारी बाँझिएको कृषि कार्यालयले जनाएको छ ।
सानै उमेर देखी खेतीपातीमा लागेर अन्न बेचेका बाबुराम थापा अहिले चामल किनेर खाने भएका छन । काम गर्ने सबै परिवार शहरतिर झरेपछि खेतवारी बाँझिएका छन । हाम्रा पाला यही बारीमा ५० मुरी मकै उत्पादन गरेर बिक्री गथ्र्यौ अहिले ५ मुरी पनि हुन छाडेको छ । आफुले बुढेसकालमा काम गर्न सकिएन बारीमा गाई भैसीको मोल प्रशस्त राख्ने र बारी मोलिलो बनाउने र हेरचाहमा बढी ध्यान दिदा ५० मुरी मकै फल्थ्यो । ७७ वर्षीय उनले भने धेरै अन्न उत्पादन हुन्थ्यो भन्ने कुरा त आजभोली एकादेशको कथाजस्तै भयो । आफुसँग बल र उमेर छदा पन्ध्र बीस वटा गाई तीन चार वटा लैना बर्केना भैसी २५ देखी ५० वटासम्म बाख्रा पालेको थिए बारीभरी थरीथरीका अन्न फलफुल गोडागुडी तरकारी फलाएर खाँदा आनन्द आउथ्यो उनले भने ध्यु दुध मही पेटभरी र ताजा खानेकुरा खाँदा शरिर रिष्टपुष्ट हने कुनै रोग लाग्दैनथ्यो अहिले त्यो जमानाको खानेकुरा पाईदैन उनले गुनासो गर्दै भने अहिले गोठमा एउटा भैसी मात्र छ । मल नै पुग्दैन युरिया राख्न थालेपछि कसरी ५० मुरी मकै फल्छ १ मुरी पनि फल्न छाड्यो ।
जिल्लाका अधिकाश बारी चौरमा परिणत भएका छन । मानो रोपेर मुरी उत्पादन हुने खेतबारी काम गर्ने परिवार अभावमा वर्षेनी बाँझिदै गएका छन हंसपुरका ईन्द्र रेग्मीले भने खेतवारीमा अन्न खेती गर्ने क्रम घट्दै गएको छ । सुविधाका लागि शहर पस्दै गएपछि गाउँका घर र गोठ पनि जीर्ण हुदै गएका छन भने विदेशिएका युवाहरुले पनि शहरमा घर घडेरी किनेर गाउँ फर्कन छाडेपछि बुढाबुढी मात्र्रै छन । भने अधिकाश विदेशिएकाले शहरमा कोठा भाडा लिएर बस्न थालेपछि पशु पालन र खेती गर्ने जनशक्ति अभावमा सयौ मुरी अन्न उब्जने ठाउँमा घाँस उम्रेको छ ।
सिमलपानीका बसन्त आलेले छोराछोरी राम्रो बोडिङमा पढाउन बुटवलमा गएर होटल व्यावसाय गर्ने सोच बनाएर शहर झरे । पुस्तौ देखी उब्जनी हुदै आएको ३० रोपनी खेतवारी खेती गर्न सके गरेर खाँ भनेर गाउँका एक जनालाई त्यसै छाडेका छन । उनले भने जवाना प्रतिस्प्रर्धाको आयो गाउँमा बसेर के गर्ने शहरमा झरेपछि केही त होला भनेर गाउँ छाडियो उनले भने खेतबारी बिक्री भएन कुनै बेला काम लाग्ने भएछ भने जमिन त कहि जाँदैन भनि चित्त बुझाएँ ।
जिल्ला कृषि विकास अधिकृत याम नारायण देवकोटाका अनुसार गाउँ अधिकाश खेतीयोग्य जमिन बाँझिने क्रम बढदै गएको छ । वर्षमा बाँझिने जग्गोको यकिन तथ्याङ नभएपनि जिल्ला भरमा खेती हुने जमिन प्रत्येक वर्ष २० प्रतिशत जमिन बाँझिदै गएको छ भने शहरको खेतीयोग्य जमिनलाई प्लटिङ गरी घडेरीमा परिणत गर्दा समग्र रुपमा जिल्लाको सबै गाउँमा ४० प्रतिशतका हिसाबले अन्न उत्पादन घटदो रहेको बताए ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.