अर्घाखाँचीमा दैनिक ६ करोड रेमिट्यान्स

– वीरेन्द्र केसी


अर्घाखाँची – चाडपर्व दशै र तिहारमा जिल्लामा दैनिक ६ करोड रुपैयाँ जति रेमिटयान्स  भित्रिने गरेको छ । रोजगारको लागि विदेशमा रहेको आफन्तहरुले दशैको बेला बढी रकम पठाएकाले रेमिटयान्स बढेको हो ।

 

 जिल्लामा सचालनमा रहेको बैक तथा मनी टान्सफरहरुमा रकम झिक्नेको भीड लागेको छ ।  बैकमा भीड बढी भएपछि सर्वसाधारणले दुई तीन दिन लगाएर भएपनि रकम झिक्ने गरेका छन । दशैको बेला सदरमुकामका बैकहरुमा ६० प्रतिशत र जिल्ला वाहिरका बैकहरुबाट ४० प्रतिशत रेमिट्यान्स भित्रिने गरेको छ । विदेशबाट आफनत्हरुले पठाएको रकम बैक तथ रेमिटयान्सबाट छिटोछरितो भुक्तानी दिएका छन । 

 
साईन डेभलपमेण्ट बैकका शाखा प्रवन्धक बुद्धिजीवन भुसालका अनुसार दशैमा रेमिटयान्स बढेको छ । विदेशमा आफन्तहरुले दशैमा मोटो रकम पठाएका छन । यतिबेला बैकमा सबैभन्दा बढी कारोवार रेमिटयान्सको हुने गरेको छ उनले भने दैनिक ६५ लाख भन्दा बढी रकम वितरण भएको छ । दैनिक ३० देखी सय जनासम्म रकम लिने गरेका छन । जिल्लामा रहेका वाणिज्य बैक र  सात विकास बैकले रकम वितरण गरेका छन । वाणिज्य बैंकले दैनिक एक करोड जि तरकम वितरण गरेको छ भने अन्य बैकहरुमा ३ करेाड जति रकम वितरण भैरहेको बैकहरुले जनाएका छन । विदेशमा रहेका आफन्तले घरपरिवारलाई शदै खर्च भनी रकम पठाउनेहरु अहिले धेरै भएकाले दैनिक ६ करोड रेमिटयान्स भित्रिने गरेको बैंक तथा मनीटान्फरहरुले जनाएका छन ।


 जिल्लामा वाणिज्य सहित साईन भृकुटी एभरेष्ट बैक अफ काठमाण्डौ आईएमई एनआईसी मेगा लगायत विकास बैक तथा एक दजर्नन मनी टान्फरहरुले रकम वितरण गरेका छन । एनआईसी बैंकका शाखा प्रवन्धक डिल्लीराज खनालका अनुसार रेमिटयान्स दैनिक २५ लाख रुपैयाँ जति रेमिटयान्स भित्रिने गरेको बताए । आईएमईले दैनिक ४० लाख रुपैयाँसम्म वितरण भैरहेको बताएको छ । सबैभनदा बढी कतार मलेसिया दुवई भारत साउदीअरब अमेरिका जापान कोरिया लगायतका देशहरुबाट दशैमा अभ्यधिक रकम भित्रिने गरेको उनले बताए । दशैको बेला बैकमा रेमिटयान्सको कारोवार बढी हुने गरेको छ एभरेष्ट बैकका शाखा प्रवन्धक राजन ज्ञवालीले भने दैनिक २० लाख भन्दा बढी रकम भुक्तानी भैरहेको छ । सबैभन्दा बढी भारतबाट रकम आउने गरेको उनको भनाई छ । जिल्लामा उक दर्जन विकास बैक र १६ मनीटान्सफरहरु सचालनमा छन ।


सन्धिखर्क मात्रै नभएर जिल्लाको पायक पर्ने जिल्लाको सीमानाका सर्वसाधारणले  गुल्मीको रेसुङ्गा गुल्मी विकास बैंक लगायत पाल्पा कपिलवस्तु दाङ्ग बुटवल व्युठान लगायतका जिल्लाबाट पनि उत्तिकै संख्यामा रकम भित्रिएको छ । लुम्बिनी अाचलमै अर्घाखाँचीमा बढी रेमिटयान्स भित्रिने जिल्ला अन्तरगत पर्छ । यहाँबाट घरैपिच्छेका पुरुष तथा महिलाहरु रोजगारको लागि विदेशिएका छन ।  दशैमा घरमा आउनेहरुले पनि बैकमा रकम पठाएर आउने गरेका छन ।

 

 बैकमा सुरक्षित भएकाले रकम बैक मार्फत पठाएर आफु सित्तै आउने गरेको हुन । गाउँका सबै युवा तथा पुरुष र केही महिलाहरु विदेशिएपछि  बुढाबुढी मात्रै देखिने गाउँमा अहिले विदेश र घरबाट विभिन्न पेशा व्यावसाय र अध्ययनको लागि बाहिर गएकाहरु घरमा आउनेक्रम बढदै गएपनि सुनसान गाउँ रमाईलो भएको खनका बासु खनालले बताए ।

 











Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




अन्य समाचारहरु