– शोभाखर पन्थी
वालवालिका विरुद्ध यौन व्यबहार र यौनिहंसा गर्ने व्यक्तिलाई कडा कानुन निर्माण गरी दण्डित गर्नु पर्नेमा एक कार्यक्रमका सहभागी बक्ताहरुले जोड दिएका छन् ।
नौलो घुम्ति नेपालद्धारा सदरमुकाम सन्धिखर्कमा आयोजित वालवालिका विरुद्ध हुने दुव्र्यवहार र यौनिहंसा न्युनिकरणका लागी सरोकारवालाको भुमिका विषयक अन्र्तकि्रया कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले वालवालिकाले भोग्नु परेका समस्याप्रति राज्यको ध्यानपुग्न नसक्दा देशभरका हजारौँ वालवालिकाहरु कष्टकर जिवन विताउन बाध्य भएको बताउँदै विद्यालय लगायत वालवालिकाको सहभागीता हुने हरेक क्षेत्रलाई वालमैत्री बनाउनु पर्नेमा जोड दिए ।
यसरी मन्तव्य राख्नेहरुमा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेल एकिकृत नेकपा माओबादीका जिल्ला सेक्रेटरी ठाकुर कुमार विक नेपाली कांग्रेसका जिल्ला सदस्य लोकेन्द्र विक नेकपा एमालेका जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरे र राष्ट्रीय जनमोर्चाका जिल्ला अध्यक्ष झविलाल थापा थिए ।
नौलो घुम्तिका कार्यकारी निर्देशक रामप्रसाद ज्ञवालीको अध्यक्षता र जिल्ला संयोजक सम्भुप्रसाद पोख्रेलको संचालनमा सम्पन्न कायृक्रममा पत्राकार महासंघ महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक बाबुराम भटटराई नौलो घुम्तिका फिल्ड अफिसर कपिल प्रसाद पुरी लगायतले नौलो घुम्तिले सिमान्तकृत बर्गको शक्षामा पहुँच फउने गरेको प्रयासको प्रशंसा गरेका थिए ।
कार्यक्रममा वाल विकास अधिकृत विना प्युठानीले कार्यपत्र प्रस्तुत गरेकी थिईन् ।