अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन पाकिस्तानमा

अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन पाकिस्तान पुग्नुभएको छ । अमेरिकी राष्ट्रपतिको महत्वपूर्ण सन्देश लिएर क्लिन्टन पाकिस्तान पुगेको बताईएको छ । पाकिस्तानको उत्तरी बजरिस्तानमा हक्कानी नेटवर्कका आतंकबादीमाथि कारबाही प्रक्रिया अघि बढिरहेको बेला उहां अफगानिस्तानबाट पाकिस्तान पुग्नुभएको हो ।

 

 अमेरिकाले अफगानिस्तानमा भएको कयौं हमलामा हक्कानी नेटवर्क जिम्मेबार रहेको आरोप लगाउँदै आएको छ । यसअघि अफगानिस्तानमा रहँदा क्लिन्टनले अफगानिस्तान र पाकिस्तानबीच साझेदारीका लागि पहल गर्ने बताउनु भएको थियो । अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले भने हिलारी क्लिन्टनसंग विभिन्न अफगान नेताहरुको हत्या पछि वार्ता प्रक्रियाको विषयमा निराशा व्यक्त गर्नुभएको थियो ।