राष्ट्रपति ओबामाद्धारा गद्दाफी मारिएसगै लिबियाली जनताका लागि निकै लामो र पीडादायी अध्याय समाप्त भएको प्रतिक्रिया

लिबियाली शासक कर्णेल गद्दाफी मारिएसगै अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिबियाली जनताका लागि निकै लामो र पीडादायी अध्याय समाप्त भएको प्रतिक्रिया दिनुभएको छ । साथै ओबामाले अरबमा जारी निरकुंश सरकारको पतन यसरी नै हुने जनाउ दिंदै अरब मुलुकका जनता निरंकुश शासनको बिरुद्धमा रहेकाले परिवर्तनका लागि संघर्ष जारीनै विश्वास व्यक्त गर्नुभयो ।


उहाँले त्यही संघर्षका कारण अरब मुलुकका तानाशाहहरु एकपछी अर्को गर्दै पतन हुँदै जाने ठोकुवा गर्नुभएको छ । अमेरिकाको ह्वाइट हाउसमा सम्बोधन गर्ने क्रममा ओबामाले चार दशक सम्म शासनकाल गरेका गद्दाफीको शासन अन्त्य संगै लोकतान्त्रिक राष्ट्रका लागि लिबियाली जनताको काँधमा महत्वपूर्ण जिम्मेबारी आएको बताउनुभएको छ । साथै ओबामाले लिबियामा रहेका नेटो सेना चाँडै नै फिर्ता हुने जनाउनुभएको छ ।

यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले गद्दाफीको निधनपछी लबियाली जनताका लागि स्थिती सहज नभएको बताउँदै अन्तरीम सरकारका नेताहरुलाइ लिबियामा लोकतन्त्र बहाली सुनिश्चित गर्न अपील गर्नुभएको छ ।

त्यसैगरी बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन र फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले गद्दाफीको पतन लिबियामा लोकतान्त्रिक प्रक्रियाको शुरुवात हो भन्ने प्रतिक्रिया दिएका छन् ।