कर्णेल गद्दाफीको मृत्युको अन्तिम क्षणको दृश्य सार्वजनिक भएपछि लिवियाको अन्तरिम सरकारलाई उनको मृत्युबारे पारदर्शिता बढाउन चौतफी दबाब

लिवियमा कर्णेल गद्दाफीको मृत्युको अन्तिम क्षणको दृश्य सार्वजनिक भएपछि लिवियाको अन्तरिम सरकारलाई उनको मृत्युबारे पारदर्शिता बढाउन चौतफी दबाब बढेको छ । गद्धाफी कसरी मारिए भन्ने प्रश्नको जवाफ दिनु पर्ने दबाबमा अन्तरिम सरकार परेको छ ।


सार्वजनिक नयां भीडियामा घाइते र रगतले लत्तपत्तिएका गद्धाफीलाई राष्ट्रिय संक्रमण्मकालीन परिषद् एनटीसीका सेनाले घिसार्दै लगेको देखाइएको छ । भिडियोमा एनटीसीका सेनाले गद्धाफीलाई मार्नु पर्ने बहस गरिरहेको आवाज समेत सार्वजनिक भएको छ ।


यता अमेरिकाले गद्धाफीको मृत्यु तर्फ संकेत गर्दै अन्तरिम सरकारले हरेक व्यवहार खुला र पारदर्शी ढंगबाट गर्नु पर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्चायुक्त नेवी पिल्लेले गद्धाफीको मृत्यु कसरी भयो भन्ने विषयमा जांच हुनु पर्ने बताउनु भएको छ । दक्षिण अफ्रिकका राष्ट्रपति ज्याकोव जुमाले गद्धाफीलाई मार्न हुन्थेन भन्दै उनलाई पक्राउ गरि मुद्धा चलाउनु पथ्र्यौ भन्नु भएको छ । लिवियाको अन्तरिम सरकारले भने गद्धाफीको गोली हानी हत्या नगरेको दाबी गर्दै आएको छ । गद्धाफीको गत शुक्रवार एनटीसीका सेनाहरुले सिर्त शहरमा गरेको कारवाहीका क्रममा मृत्यु भएको थियो ।