कोलम्बियामा क्षेत्रिय निर्वाचनको पूर्वसन्ध्यामा फार्क विद्रोहीले सुरक्षाकर्मीमाथिको आक्रमण तिब्र

कोलम्बियामा क्षेत्रिय निर्वाचनको पूर्वसन्ध्यामा फार्क विद्रोहीले सुरक्षाकर्मीमाथिको आक्रमण तिब्र पारेका छन् । हिजो पूर्वी प्रान्तको अराउमा फार्क विद्रोहीको धरापमा परि दश कोलम्बियन सेना मारिएका छन् ।

 

गत शुक्रवार मात्र दक्षिणी प्रान्तको नारिनोमा विद्रोहीको धरापममा परी दश कोलम्बियन सेना मारेका थिए । कोलम्बियामा अक्टोबर ३० मा क्षेत्रिय निर्वाचन हुदैछ । कोलम्बियामा विगत एक दशक देखी कम्यूनिष्ट विद्रोही फार्कले सुरक्षाकर्मीलाई लक्षित गर्दै विभिन्न आक्रमण गर्दै आएका छन् ।