ट्युनिसियामा लामो समयसम्म भएको संघर्षपछि तानाशाह शासकलाई हटाएपछि पहिलो संबिधान सभाको चुनाव

ट्युनिसियामा लामो समयसम्म भएको संघर्षपछि अन्तरीम सरकारको लागि आज संबिधान सभाको चुनाव भएको छ । गत जनवरीमा तानाशाह शासक जिन अल अविदीन बेन अलीलाई हटाएपछि पहिलो पटक चुनाव भएको हो ।

 

 संबिधान सभाको यो चुनावले नयाँ संबिधानको मस्यौदा तयार गर्ने छ भने यसले नै अन्तरीम राष्ट्रपति र अन्तरीम सरकार पनि चुन्नेछ । यसका लागि ट्युनिसियाका ७२ लाख जनताले २१७ सीटका लागि मतदानमा भाग लिनेछन् । चुनावका लागि ८० पार्टीका करीब ११ हजार उम्मेदवार चुनाबी मैदानमा छन् ।

 

चुनावमा रुझान इस्लामी पार्टीले भारी मत ल्याउने अनुमान गरिएको छ । यो पार्टी बेन अलीको शासनकालमा प्रतिबन्धित पार्टी हो ।