यूएई डेस्क – कुलो मर्मत गर्ने क्रममा पहिरोमा पुरिएर ज्यान गुमाएका बागलुङको रेशका पहिरो पीडितलाई बागलुङ सेवा समाज युएइ दुवइले ३० हजार राहत रकम सहयोग गरेको छ ।
बागलुङ सेवा समाज युइएको सकि्रयतामा संकलित रकम आज बिहान आदर्श साचार सहकारी संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समाजका सल्लाहकार मानबहादुर थापाले राहत संकलन समितिलाई हस्तान्तरण गर्नु भएको हो ।
आदर्श साचार सहकारी संस्थाका अध्यक्ष तथा राहत संकलन समितिका सह-संयोजक मनकुमारी केसीलाई बागलुङ सेवा समाज यूएइका सल्लाहकार मानबहादुर थापाले हस्तान्तरण गर्नु भएको हो ।
सो अवसरमा बोल्दै थापाले रोजगारीका लागि विदेशमा गएका बागलुङवासीहरुको पहलमा पहिरो पीडितलाई थोरै भएपनि आर्थिक सहयोग संकलन गरेर उनीहरुको पीडामा साथ दिन खोजेको बताउनु भएको थियो ।
उहाँले ३ महिना पहिला बागलुङ सेवा समाज युएइ गठन भएको र उक्त समितिले बागलुङ जिल्लाको पहिचान हुने गरी सम्पूर्ण गाविसको चिनारी सहितको वेवसाइड साचालन गर्ने जिल्लाको पर्यटन कृषि वन लगायतका क्षेत्रको प्रवद्र्धनका लागि सहयोग गर्ने तथा जिल्ला लगायत देशमा हुने दैवी प्रकोप लगायतका घटनाहरुमा सहयोग पुर्याउनका लागि समाजले विभिन्न योजना बनाएको जानकारी गराउनु भएको थियो ।
दुवईमा गठन भएको समाजले अन्य देशका प्रवासी संघ संगठनसंग समन्वय गरेर जिल्लामा उत्कृष्ट काम गर्ने विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरी सामाजिक विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको पनि बताउनुभयो ।
बागलुङ सेवा समाज युएइका अध्यक्ष गोपाल कंडेल सहितको टोलीले राहत संकलन गरेको उहाँले जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा पहिरो पीडितहरुलाई राहत संकलन गर्ने बागलुङ सेवा समाज यूएई र सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई आदर्श साचार सहकारी संस्थाका अध्यक्ष तथा राहत संकलन समितिका सहसंयोजक मनकुमारी केसीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष तथा राहत संकलन समितिका सचिव रामबहादुर जिसीले घटनासंगै राहत संकलन र वितरणको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।
गत असोज ५ गते गएको पहिरोमा परी रेश गाविस-३ का ५ जना महिलाको मृत्यु भएको थियो । पहिरोमा परी घाइते भएका १० जना मध्ये ३ जनाको पोखरामा उपचार हुदैछ भने अन्य ७ जना पोखरा बागलुङ र रेश हेल्थपोष्टमा उपचार पछि घर फर्किएका छन् ।
पहिरो पीडित राहत संकलन समितिले आदर्श साचार सहकारी संस्थामा साचालन गरेको राहत खातामा संकलन भएको ८ लाख ३१ हजार रुपैया पहिरो पीडितहरुलाई घरमै गएर प्रदान गरिएको छ । त्यसपछि ८० हजार रुपैया संकलन भइसकेको र संकलित रकम पुन वितरण गरिने समितिले जनाएको छ।