मंसिर १ देखि सबै जिल्लाका प्रशासन कार्यालयबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को सेवा सुरु

काठमाडौं  – परराष्ट्र मन्त्रालयले मंसिर महिनादेखि मुलुकका सबै जिल्लाका प्रशासन कार्यालयबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को सेवा सुरु गर्ने भएको छ ।

हाल ४१ जिल्लामा सीमित रहेको एमआरपी सेवालाई विस्तार गर्न जिल्लाहरूमा तालिम जारी रहेको मन्त्रालयका अधिकारीले बताए ।

जिल्लास्थित प्रशासन कार्यालयमा फर्म भरेर बुझाएपछि जिल्लाबाटै डेढ महिनाभित्रमा एमआरपी पाउन सकिने सुविधा सर्वसाधारणले पाउनेछन् ।