जब नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाको मृत्यु भयो त्यस पश्चात सुशील कोइरालाले पार्टीको नेतृत्व सम्हाल्न पुगे पछि मात्रै सुशील बाबुको राजनीतिक क्षमता र स्वच्छ व्यक्तित्व नेपाली कांग्रेसका जनता माझ झल्कने आशा धेरैले गरेका थिए। बास्तबमै त्यसताका नेपाली राजनीतिमा सर्वाधिक स्वच्छ छविका नेताको रुपमा सुशील बाबु मानिनुले नेपाली कांग्रेस पार्टीले सही गति लिने सर्वत्र आशा र भरोशा गरिएको थियो।
नेपाली कंग्रेससको १२ औं महाधिवेशनलाई एकता महाधिवेशन भनेर प्रचार प्रसार गरियो जसमा सुशील बाबु र देउवा मध्ये सुशील कोइराला सभापतिको लागि चुनिनु भयो त्यस पश्चात सुशील बाबुलाई परिचालन गर्ने २/४ स्वार्थी चंचेहरु लागि परे र कोइराला पनि तिनीहरुको इशारामा नाच्न थाल्नु भयो उहाले देउवालाई एउटा राजनैतिक सहकर्मीको रुपमा हेर्नु पर्नेमा एउटा प्रतिद्वन्दीको व्यहार देखाउन थाल्नु भयो यो नै सुशील कोइरालाको गम्भीर भुल हो / सुशील बाबुले यो कुरा कहिल्यै बिर्सिनु हुदैन कि देउवा भनेको प्रजातन्त्रको स्थापना पश्चात पटक पटक जनताहरुको अत्यधिक मत ल्याई निर्बाचित नेता, पूर्व प्रधानमन्त्री,चाकडी र चप्लुशीबिना नेतृत्बमा पुग्ने नेता र पूर्व ने.का. प्रजान्त्रिकका सभापति हुन् / यी कुराहरुलाई ध्यान दिएर नै पूर्व सभापति गिरिजा प्रसाद कोइरालाको पालामा शेर बहादुर देउवालाई बरिस्ठ नेताको उपाधि दिएको हुन / पछिल्लो समयमा गिरिजाले शेर बहादुर प्रति हेर्न दृस्टीकोण पहिले भन्दा किन फरक आयो त? बास्तबमै गिरिजा प्रसाद कोइरालाले देउवाको क्षमता र निजको पछाडी रहेको नेपाली कांग्रेसका जनताहरुको बाहुल्यता बाट ज्यादै प्रभावित भई र बि पी को समाजबादलाई साकार पार्न नेपाली कांग्रेसलाई देउवाको सहभागिता अपरिहार्य देखि समानुपातिक हिसाबले पदहरुको बाडफाड गरि नेपाली कांग्रेसलाई एकीकरण गर्न सफल भएबाट नेपाली कांग्रेस आज यो अवस्थामा रहेको हो/
तर अहिले नेपाली कांग्रेसलाई पहिला जस्तै विभाजनको अवस्थामा पुर्याउने खेलमा केहि स्वार्थी,चम्चागिरी, देश द्रोही,जनताहरु बाट पटक पटक अस्वीकृत भएका र जनतालाई भर्ममा पार्न पल्केका २/४ जना नेताहरु लागेर सुशील बाबुलाई गलत सल्लाह दिई शेर बहादुर देउबाको लोकप्रियता समाप्त गर्ने बहानामा नेपाली कांग्रेसको इतिहास समाप्त पार्न खोजिरहेका र सुशील बाबु पनि समय परिस्थिति लाई ध्यान नदिई पहिलाको नेपाली कांग्रेसको अवस्था, देशको तरलताको अवस्था र जिम्मेवार प्रतिपक्षको भूमिकालाई पूर्णत बिर्सिएर आफ्नै भात्री संस्था नेपाल बिद्यार्थी संघ बिघटन गरेको ६ महिना सम्म पनि तयारी महाधिबेसन तयारी समिती गठन गर्न नसकेको , दुई महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय सदस्यको मनोनयन ६ महिनाभन्दा बढी समय गर्न नसकेको र आपशी सहमति नहुनाले भिभिन्न विभाग र विभिन्न बिषयगत समितिको गठन हुन नसकेको परिस्थितिलाई मुल्यांकन नगरी फेरी २ महिना अगाडी आफ्ना भ्रातृसंस्थाहरूको विघटन गरेर नेपाली कांग्रेस पार्टीको इतिहासमा बि पी को समाजबादलाई हत्या र समाप्त पार्ने खेलमा सक्रिय रुपमा अगाडी देखापर्नु भएको छ/
नेपाली कांग्रेसले शान्ति प्रक्रिया, संविधान लेखन सहित पार्टीले लिएको १० बुँदे राजनीतिक अडान, जनजागरण अभियान र राजधानी लगायत देशको प्रमुख सहरहरूमा राष्ट्रियस्तरमा गरिएका आमसभाहरूमा पार्टीको धारणा स्पष्ट गरेपछि जनताहरुमा नेपाली कांग्रेस देश, जनता प्रति निकै सर्तक रहेको देखिन्थ्यो भने आज पार्टीका केन्द्रीय कार्यसमितिका सदस्य देखि, जिल्ला स्तरीय नेता कार्यकर्ता लगायत बिदेशमा हुने सम्पर्क समितीका कार्यकर्ता समेत पार्टीको भ्रातृसंस्थाको विषयलाई लिएर २ नेता बीच भएको विवादबाट खुसी देखिँदैनन् / बास्तबमा सुशील कोइरालामा निर्णय क्षमता बिल्कुलै नभएको कारणले आज नेपाली कांग्रेसको वर्तमान अवस्था आएको र निजलाई सभापतिमा जिताउनुमा पनि यिनै २/४ चम्चाहरुले आफ्नो स्वार्थ सिद्द गर्न आफुले भनेको मान्ने र आफुले रिमोट लिई आगामी पार्टीको नेतृत्व हडप्ने खेलमा अहिले देखिनै सुशील बाबु लाई घुमाउने गरेका छन् / तर नेपाली कांग्रेसका सम्पूर्ण जनताहरु सुशील बाबुले जे गर्यो त्यै मान्न तयार छैनन किनकि सुशील बाबुको दक्षता र क्षमताको तुलनामा देउवा लाई उच्च मुल्यांकन गर्नै पर्ने हुन्छ किनभने निज देउवाले गिरिजा प्रसाद कोइरालालाई समेत टक्कर दिई आफ्नो क्षमताको पहिचान गराई सकेका र निजप्रति जनताको पूर्ण मत आजसम्म छ भने निजले कसैको पछाडी लागेर चाकरी र चप्लुशी नगरेको उदाहरणहरु छन् त्यसले कसै कसैले देउवा अलिक घमण्डी छन् भन्ने गरेका छन् त्यो स्वोभाबिक हो जसले आफ्नो क्षेत्रबाट पटक पटक हार ब्यर्हर्नु परेको छैन, जसले सिङ्गो पार्टीको नेत्रित्व गरि सकेको छ, जसले रास्ट्रको प्रधानमन्त्री सम्हालेको छ, जो सिद्धान्तको लागि गिरिजा प्रसाद कोइरालासंग समेत पछाडी हटेको छैन, जसले अर्काको कुरा सुनी आफु निर्णय गर्न सक्षम हुन्छ भने त्यस्तो व्यक्ति सुशील बाबु जस्तो जनता बाट पटक पटक हारेका, चाकडी गरेर माथि आएका. नेत्रित्वमा रहेर सहि निर्णय गर्न नसक्ने र देशको अवस्था प्रति गम्भीर नहुने व्यक्तिको अगाडी घमण्ड गर्नु कुनै नौलो कुरा हैन /
सुशील बाबुले आफैले भ्रातृसंस्थाहरूको विघटनबारे मध्य मार्गी निकाश निकाल्न कृष्ण सिटौला, नरहरि आचार्य र रामशरण महत रहेको कमिटी बनाई त्यसबाट सुझाएको मध्यमार्गी निर्णय समेत अस्विकार गर्दै नेपाली कांग्रेसको इतिहासमा एउटा तानाशाह सभापतिको रुपमा आफ्नो तानाशाही चरित्र उजागर गर्नु भएको कारणले देउबाले नेपाली कांग्रेसका ४ भ्रातृसंस्थाहरूको अनसनमा ऐक्यबद्धता जाहेर गरि अनसन तोडाउन र नेत्रित्वलाई समस्या समाधानका लागि दबाब दिन आफुले केन्द्रीय समितीको सदस्यबाट समेत राजिनामा दिनुले देउबाको महानता र भ्रातृसंस्थाहरू प्रतिको मोह रहेको प्रस्ट हुन्छ। यसरि नेपाली कांग्रेस भ्रातृसंस्थाको विवादमा फँस्न गई देशको र जनताहरुको इच्छा आनन्क्षामा लात मार्दै व्यक्तिगत स्वार्थ र पदलोलुपताको पछाडी लाग्ने र सभापतिलाई लाग्न प्रेरित गर्ने परिपाटीले देश विदेशमा हुने आम नेपाली कांग्रेसका कार्यकर्तामा बढेको उत्साह र विश्वासमा क्षति पुगेको हुनेले गर्दा नेतृत्वमा रहेर सभापतिले सबै पक्षलाई समेटेर लानुको सट्टा यस्तो निन्दनीय कार्य गरेकोले नेपाली कांग्रेसका जनताहरुको कठघरामा उभिएर यसको जबाफ दिनु पर्नेछ भेने मध्य मार्गी निकाश निकाल्न गठित कृष्ण सिटौला, नरहरि आचार्य र रामशरण महतले पनि आम नेपाली कांग्रेसका जनताहरु सामु भन्नैपर्ने हुन्छ हामीले गरेका मध्य मार्गी सहमति प्रस्ताब गद्दाफीको अगाडी सुनुवाई भएन म/हामी क्षमा प्रार्थी छौ भनेर ।