– वीरेन्द्र केसी
अर्घाखाँची – एमालेले देउसी भैलो खेलेर ३ लाख रुपैयाँ संकलन गरेको छ । सदरमुकाम र नजिकैका बजारका घरैपिच्छे खेलिएको भैलोबाट नगद ३ लाख रुपैया उठेको हो ।
एमाले जिल्ला कमिटीको आयोजनामा साचालन गरिएको देउसी भैलोले सबैभन्दा मोटो रकम हात पार्न सफल भएको हो । ८ गते औंशीको दिन देखी १३ गतेसम्म दिन र रातभर खेलिएको देउसी भैलोबाट अहिलेसम्म ३ लाख रुपैयाँ संकलन भैसकेको एमाले जिल्ला प्रचार विभाग प्रमुख प्रेमनारायण गैरेले बताए । उनले संकलित रकम एमाले निकटका भातृ संगठनको जिल्ला सम्मेलन अधिवेशन र संगठन सुदृढिकरणका लागि खर्च गरिने बताए ।
रकमले जिल्लामा जनवर्गीय संगठनलाई सशक्त र मजबुत बनाउन ठुलो सहयोग पुग्ने गैरेले बताए । पार्टीको काम र संगठन विस्तारका लागि पार्टीको कोषमा जम्मा गरि आवश्यक्ता अनुसार खर्च गरिने एमालेले जनाएको छ ।
हरिबोधनी एकादशीको बेला १९ र २० गते बृहत रुपमा भैलो खे्रल्नको लागि तयारी भैरहेको र उक्त दिन २ लाख रुपैयाँ जति संकलन हुन अपेक्षा रहेको एमालेले जनाएको छ । गत वर्षहरुको तिहारमा राजनीतिक दलहरुबीच देउसी भैलो खेल्ने प्रतिस्प्रर्धा नै हुने गरेपनि यस वर्ष माओवादी काग्रेस राष्टिय जनमोर्चा लगायतका दलहरुले जिल्ला पार्टीको आयोजनामा भैलो कार्यक्रम सचालन गरेन । गाउँ स्तरमा खेलिएपनि जिल्लाको नेतृत्वमा भैलो सचालन भएनन् ।
एमालेले भने देउसी भैलोलाई सधै निरन्तरता दिने बताएको छ । देउसी भैलोले संस्कृतीको जर्गेना गर्नुको साथै पार्टी र जनताको सम्बन्ध सुधि्रढ र भेटघाट हुने अवसर मिल्ने भएको गैरेको भनाई छ । भैलो कार्यक्रममा एमालेका जिल्ला नेतृत्व तहका नेताहरु खटेका थिए ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.