सन्धिखर्क, अर्घाखाँची । हरिबोधनी एकादशीका अवसरमा आज मुलुकभर विष्णु मन्दिर तथा त्रिवेणीमा विशेष मेला लाग्नुका साथै दर्शनार्थीको घुइँचो लागेको छ ।
ठूलो एकादशीको दिन आज गृहिणीले घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् । तसर्थ आजका दिनलाई तुलसी विवाह भन्ने प्रचलन पनि रहेको छ ।
तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेंलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गर्दछन् । तुलसीको पात, डाँठ तथा फूलको रस रुघाखोकी, औँलो आदिका लागि प्रयोग गरिन्छ । तुलसीको हावा मात्रले विषालु कीटाणु नाश हुने जनविश्वास रहेको पाइन्छ । यो एकादशीका दिन विशेषगरी हिन्दु संस्कृति अनुसार तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने भएकाले बजार तथा मेला लागेको स्थानमा यस बेला यसको बढि बिक्री भैरहेको छ ।
हिन्दुधर्ममा कात्तिक शुक्लपक्षको प्रबोधनी एकादशी व्रत बस्नाले पापको नास, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने जनविश्वास रहेको छ । जुन घरमा तुलसीको मठ हुन्छ त्यो घर तीर्थ समान हो, त्यस घरमा यमदूतको प्रवेश हुँदैन, एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गरेमा १० हजार गौदान गरे समान फल प्राप्त हुने गरुड पुराणमा उल्लेख भएको पाइन्छ ।
आज अर्घाखाँचीको बाँगीखोला, भद्रीखोला र घोचेखोलाको सँङगम त्रेवेणी चुत्राबेसिमा बजारमा ठुलो मेला लागेको छ । बिहानै देखी तिर्थालु भक्तजनहरुको सोही स्थानमा स्स्नान गर्नको लागि जिल्लाका बिभिन्न भागहरुबाट आएका छन एसै गरी जिल्ला र जिल्ला बाहिर बाट देउसी भइलो खेल्ने समुह ,सस्था र पार्टीका भइलो हरु पनि सन्चालन भईरहेका छन ।
बिभिन्न फरक सस्क्रतीका नाचहरु पनि देखा परेका छन । जसमा पुय्ठान् जिल्लाको दाङबाङबाट आएको नयाँ र फरक सैलीको भइलोलाई स्थानिय बासी हरुले निकै मन पराएका छन । यसैगरी सधैं पहिले देखी नेपाल कम्युनिष्ट पार्टी एमालेले गर्दै आएको रात्री कालिन भब्य सास्क्र्तिक कार्य्क्रम एसपाली उक्त पार्टीले बिभित कारणले गरेको छैन र उक्त कार्यक्रमलाई आज ठुलि एकादसैं को दिनमा गर्ने भएको छ । जिल्लाका बिभित भागबाट आएका देउसी भइलोहरु पूर्वबत रुपमा देखिएका छन ।
यसैगरी गुल्मीको रेसुङा अनी रिडिमा पनि भब्य मेला लागेको जानकारी प्राप्त भ्एको छ । अर्घाखाँचीको मथुरा बेसिमा भब्य प्रतियोगितात्मक देउसी, भईली कार्यक्रमको आयोजना हुदै गरेका जानकारीहरु पराप्त भ्एको छ ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.