बेलायतको दक्षिण पश्चिमी टाउनटोन नजिकै एम ५ राजमार्गमा २७ वटा कार र मालवाहक गाडीहरु आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
घटनामा ५१ जना घाइते भएका छन् ।घाइते मध्ये २३ जना भने उपचार पछि घर फर्केका छन् ।द्रुतगतिको यातायातका लागि तयार गरिएको उक्त राजमार्गमा दुर्घटनापछि जुधेका सवारी साधनहरुमा आगो लागेको थियो । बाक्लो हुस्सु लागेका बेला भएको दुर्घटनाको कारण भने खुल्न सकेको छैनन् । बेलायतमा सन् १९९० को सडक दुर्घटना पछि यो नै सबैभन्दा ठूलो दुर्घटना भएको बताइएको छ ।