आर्थिक संकटमा डुबेको युरोपेली राष्ट्र ग्रिसको नयाँ प्रधानमन्त्रीमा लुकास पापाडेमोस नियुक्त भएका छन् । युरोपियन सेन्ट्रल बैंकका पुर्व उपाध्यक्ष पापाडेमोसले अव अन्तरीम सरकारको नेतृत्व गर्नेछन् । ग्रिसमा हप्तौसम्म चलेको राजनीतिक संकटको अन्त्य गर्दै त्यहाँका शिर्ष तिन दलहरु पापाडेमोसलाई अन्तरीम प्रधानमन्त्री बनाउने निष्कर्षमा पुगेका हुन् । ६७ वर्षिय पापाडेमोसले आगामी फेब्रुअरीमा हुने निर्वाचन सम्म सत्ता समाल्नेछन् ।
ग्रिक संसदको सदस्य समेत नरहेको पापाडेमोसले आफु ईतिहासको अत्यन्तै चुनौतीपुर्ण घडीमा प्रधानमन्त्री भएको भन्दै ग्रिसलाई आर्थीक एवं राजनीतिक संकटबाट माथि उकास्न प्रयास गर्ने बताएका छन् ।पापाडेमोसको नयाँ सरकारले ग्रिसलाई युरोपीयन युनीयन र अन्तराष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने १ सय ३० बिलीयन युरो बराबरको श्रृण सहायता स्विकृत गराउनु मुख्य चुनौतीपुर्ण हुने बताईएको छ । यसअघिका प्रधानमन्त्री जर्ज पापान्ड्रेउल सोही सहायता रकम स्विकृत गराउन खोज्दा चर्को विवाद भएपछि उनले कुर्सी गुमाउनुपरेको हो ।