काठमाडौं – अर्थविद् विश्वम्भर प्याकुर्याल गम्भीर विरामी परेपछि शनिबार अस्पताल भर्ना भएका छन्। ब्रेन ह्याम्ब्रेज भएका प्याकुरेलको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
प्याकुर्यालको स्वास्थ्य डेढ वर्षदेखि हेर्दै आएका नर्भिकका डाक्टर जेपी जयसवालका अनुसार उनको ब्रेनमा रगत फैलिएको र व्लडप्रेसर बढेको छ।
प्याकुर्यालको अवस्थाका सम्वन्धमा २४ घन्टा सम्म केही भन्न नसकिने उनले बताए। शनिबार बिहान ८.३० मा प्याकुर्याललाई अस्पताल भर्ना गरिएको हो।
– नागरिकन्युज