मुक्तक ” सरकार “



– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

प्रचण्ड भन्छन यो सरकार माओबादीको मूल हो

बादल भन्छन यो सरकार फोरमको गम्भीर भुल हो

बैद्य भन्छन यो सरकार अस्ताउन लागेको घाम हो

गच्छेदार भन्छन यो सरकारको ऐतिहासिक काम हो



ओली भन्छन यो सरकार भदौको च्याउ हो

माधब भन्छन यो सरकार हत्याराको माउ हो

सुशील भन्छन यो सरकार नियम कानुन मारा हो

पौडेल भन्छन यो सरकार टिकाई राखने पारा हो


कोहि भन्छन यो सरकार मागी खाने थाली हो

कोहि भन्छन यो सरकार माछा मार्ने जाली हो


जनता भन्छन यो सरकार ऐलाएको फुल हो

तर म भन्छु यो सरकार भत्किएको पुल हो