– बिष्णु थापा क्षत्री
दोहा कतार १५ नोबेवर २०११ । एकै प्रकारका काम गरी खाने वा वस्ने मानिसहरु एक वर्गका हुन जस्तै ज्यामी किसान श्रमजिवी विहान कमाएर वेलुका खाने पसिना वगाएर एक छाकको जिविका न्विाहा गर्नेहरु एकै वर्ग हुन । भने पूजिपति र जमिन्दार अर्काको कमाईमा वा पसिनामा रमाउनेहरु शोषक वर्ग हुन । वर्ग दुई प्रकारका हुन्छन । एक शोषक दुई शोषित पिडित वर्ग । शोषक वर्गहरुले सधै गरिव असायहरुलाई शोसण मात्र गरिरहन्छ । शोषक वर्गले मिहिनेत गदैनन् । पशिना वगाउदैनन् । शोषित वर्गले सधै मिहिनेत मात्र गर्दछन् । परिश्रम बढी गर्दछन् र पसीना खुबै वगाउन्छन् ।
शोषित वर्ग अथवा श्रमजीवी वर्गहरुले आफ्नो मिहिनेतको काम अनुसारको ज्याला लिनु पनि धेरै संघर्ष गर्नु पर्दछ यसरी परिश्रम गर्ने श्रमजिवीहरुले आफ्नो अधिकारको लागि गरिने संघर्ष र शोषकहरुले अफ्नो मोजमस्तीका लागि शोषक र शोषित वर्गको संघर्ष शोषक र शोषित वर्ग रहुन्जेलसम्म कहिले ससुप्त अवस्थामा चलिरहन्छ । यसरी दुई वर्ग बीच चल्ने संघर्षलाई नै वर्ग संघर्ष भनिन्छ । तर संसाको ईतिहास मा शोषित वर्गले शोषक वर्गलाई पराजय गरेको छ । किन कि शोषित सत्यतामा अडीत हुन्छ । दुवै वर्गको आ आफ्नो स्वार्थ हुन्छ ।
शोषित वर्गलाई शोषण गर्नु पसिना लुट्नु मिहिनेत अनुसारको ज्याला नदिनु शोषक वर्गको वर्ग स्वार्थ हो भने आफ्नो मिहिनेत अनुसारको फल खोज्नु अथवा पसिनाको कमाई लिन खोज्नु शोषित वर्गको स्वर्थ हो । वर्ग स्वार्थको कारण नै वर्ग संघर्ष हुन्छ । शोषित वर्ग वर्ग स्वार्थ पुरा हंुदा शोषक वर्गको वर्ग स्वार्थमा हानी पुग्दछ भने शोषक वर्गको वर्ग स्वार्थ पूरा हुंदा शोषित वर्गको वर्ग स्वार्थमा हानी पुग्दछ । वर्ग एकता हुन नसक्ने दुई प्रकारका शत्रु वर्गलाई मिलाउन खोज्नु वा दुवै प्रकारका वर्ग मिल्न खोज्नु नै वर्ग समन्वय हो । वर्ग संघर्षको ठीक उल्टो वर्ग समन्वय हुन्छ । शोषक वर्गका मानिसहरु शोषित वर्गलाई ढांटनु छल्नु शोषण गर्न वा समन्वयको मिठो मिठो नारा दिन्छन र भुल्याउने खोज्छन् ।
मजदुर वर्ग र पुजीपति वर्ग कहिल्यै एउटै स्वार्थमा मिल्न सक्ने वर्ग होईनन् । तर यी दुवै वर्गलाई मिलाउन खोज्नु नै वर्ग समन्वय हो । वास्तवमा वर्ग समन्वय शोषित पिडीत वर्गलाई मिठा मिठा कुरा गरेर शोषण राखिरहने एउटा तारिका मत्र हो । त्यसैले शोषित वर्गले यस खालको समजैतामा न अलमली सहिर सत्यतामा लागनु ठीक हुन्छ । यो नै शोषित वर्गको विश्व ईतिहास हो । संसारमा ठुला ठुला संघर्ष भए संघर्ष बरावरको हक शोषकहरुले शोषित वर्गलाई दिएका छैनन् त्यासैले पटकै पटक आन्दोलन भएका छन वा हुने छन् ।
The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.