अमेरिकाले चीनको बढ्दो सैन्य शक्तिकाबीच अष्ट्रेलियामा अमेरिकी सेनाको उपस्थिति मजबुद बनाउने

अमेरिकाले अष्ट्रेलियामा पनि आफ्नो सैन्य आधार स्थापना गर्नेअमेरिकाले चीनको बढ्दो सैन्य शक्तिकाबीच अष्ट्रेलियामा अमेरिकी सेनाको उपस्थिति मजबुद बनाउने भएको छ ।

 

 

अष्ट्रेलिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति बाराक ओबामा र अष्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्डबीच भएको वार्तामा अष्ट्रेलियामा अमेरिकाले आफ्नो सैन्य संख्या बढाउने सहमति भएको हो ।

 

अष्ट्रेलियाली प्रधानमन्त्रीसंगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपतिले अष्ट्रेलियासंग आफ्नो सैन्य सम्बन्ध मजबुत् बनाउने बताउनु भएको हो ।

 

अमेरिकाका २ सय ५० नौ सेनाको पहिलो टोली आगामी वर्ष अष्ट्रेलिया पुग्नेछ । यो संख्या क्रमशः २५ सय पुर्‍याइने बताइएको छ ।

 

यस विषयमा विस्तृत विवरण अष्ट्रेलियाली प्रधानमन्त्रीले संसदमा दिने बताइएको छ । ओबामाले अमेरिका पूरै एशिया प्रशान्त क्षेत्रप्रति आफ्नो वचन वद्धता बढाइरहेको बताउनुभयो । ओबामाले समृद्ध र शान्तिप्रिय चीनलाई स्वागत गर्ने भन्दै चीनको बढ्दो शक्ति र समृद्धिसंगै उसको जिम्मेवारी पनि बढेको बताउनु भयो ।

 

 

अमेरिका र अष्ट्रेलियाको सैन्य गठबन्धनको ६० वर्ष पुगेको अवसरमा ओबामा अष्ट्रेलिया पुग्नु भएको हो ।

 

 

यसैबीच, चिनिया विदेश मन्त्रालयकी प्रवक्ताले अमेरिका र अष्ट्रेलियाबीच सैन्य गठबन्धन बढाउनु सही कदम नभएको भन्दै यसले पूरै क्षेत्रमा प्रतिकुल पार्ने जनाएकी छन् ।