अर्घाखाँचीडट्कमका प्रमुखहरुका हजुर बुवा एवम पुर्व खाचिकोट गाबिस वार्ड अध्यक्ष हुम बहादुर के.सी को असमाहिक निधन
मंसिर १ गते, २०६८ मा प्रकाशित
– अर्घाखाँचीडट्कमका प्रमुख मेहर सिंह के.सी एवम द टाईम्स अफ अर्थ, यूरोप फाउन्डेशनका फाउन्डर सप्पन के.सी, अर्घाखाँचीडट्कमका सल्लाकार सह्योगी हरी खड्का, डट्कमकै प्रमुख संचार सल्ल्हाकार एवम विज्ञान, राजनीतिक बिश्लेषक विजय सिंह छेत्रीका आदरणिय हजुर बुवा श्री हुम बहादुर के.सीको भरतपुर चितवन स्थित एक अस्पातलमा उपचारको क्रममा आज विहीवार दिउसो करिव २ -३ बजे तिर असमाहिक निधन भएको छ ।
फाउन्डर सप्पन के.सीले आफ्ना हजुरबुवाको निधनले आफु एकदमै स्तब्ध, दुखित, भावविह्वल-मर्माहित भएको टेलिफोनबाट जानकारी गराउनु भएको छ ।
उहा लामो समय देखि दम एवम श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । भने स्वर्गिय हजुरबुवाको अन्तिम सस्कार सन्धिखर्कको बागीखोलामा गरिएको फाउन्डर के.सीले फोन मार्फत बताउनु भएको छ।
उहा लामो समय सम्म अर्घाखाँचीको खाचिकोट गाबिस वार्ड नम्बर ६ का वार्ड अदक्ष्यको रुपमा काम गर्नुभएको थियो। उहा सबैका प्यारा हुनुहुन्थ्यो ।
साथै खाचिकोट गाबिसको बिकासमा उहाको महत्वपूर्ण प्रमुख भूमिका रहेको छ। भने उहाको देहान्तले खाचिकोट गाबिसले एक इमान्दार, सामाजिक स्रिर्जनशिल एवम कर्तव्यनिष्ठ व्यक्ती गुमाएको छ।