– शोभाखर पन्थी
अर्घाखाँची मंसिर १ । अनेरास्ववियु क्रान्तिकारी अर्घाखाँचीले आज शान्ती उच्च मावि वाँगीमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्ने बक्ताहरुले शिक्षामा भएको व्यापारीकरण बन्द गरिनुपर्ने बताएका थिए । यसरी मन्तव्य राख्नेहरुमा अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण खनाल उपाध्यक्षँ चेतनारायण भट्टराइ थिए ।
राजेन्द्र आचार्यको अध्यक्षता र विकास पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा लक्ष्मण पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
भेलाले लक्ष्मण पाण्डेको अध्यक्षँतामा ९१ सदस्यीय मुल इकाई कमिटीको निर्माण गरेको छ । नवगठित समितीको उपाध्यक्षँ सचिव सहसचिव र कोषाध्यक्षँमा क्रमश हेमराज आचार्य विकास पन्थी विमला आचार्य सागर खनाल छन् ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.