चीनको गान्सु प्रान्तमा विद्यार्थी लिएर गइरहेको मिनी बस मालबाहक ट्रकसंग जुध्दा १८ बालबालिका सहित २० जनाको मृत्यु भएको छ । मिनी बसका चालक सहित ४ बालबालिको घटनास्थलमै र अरुको उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका ४४ मध्ये केहीको अवस्था गंभिर रहेको बताइएको छ । नौ सिट क्षमताको मिनी वसमा ६४ जना सवार थिए ।
बिहानको समयमा बाक्लो हुस्सु लागेको बेला दुर्घटना भएको स्थानिय अधिकारीहरुले जनाएका छन् । दुर्घटनापछि मृतकका आफन्तहरुले बसको क्षमता र सुरक्षाको मापदण्डलाई लिएर चिन्ता र आक्रोश व्यक्त गरेका छन् । सरकारले घटना लगत्तै स्कुलका बसहरु छानवीनको आदेश दिएको छ । चीनमा गत वर्ष मात्रै सडक दुर्घटनामा ७० हजार मानिसको मृत्यु भएको थियो ।