पाकिस्ताको करांची शहरमा हिजो राती तालिवान लडाकु र प्रहरीबीच भएको मुठभेडमा पांच लडाकुसहित कम्तिमा सात जना मारिएका छन् ।
मर्नेमा दुई सुरक्षाकर्मी पनि रहेका छन् । मुठभेडका क्रममा एक जना लडाकुले आफैलाई विष्फोट गराएका थिए । गस्तीमा रहेका प्रहरीले भ्यानमा रहेका शंकास्पद व्यक्ति नजिक पुग्दा गोलावारी भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
लडाकुहरु आक्रमणको योजना बनाउदै गरेको अनुमान गरी प्रहरीले कारबाही गरेको थियो । प्रहरीले घटनास्थलबाट स्वचालित हतियार सहित विभिन्न विष्फोटक पदार्थ बरामद गरेको जनाएको छ । उत्तरी पाकिस्तानमा तालिवान लडाकु विरुद्ध सुरक्षा कारवाही तिब्र भैरहेका बेला तालिवनले करांचीमा आफ्नो गतिविधि बढाएको छ ।