संसारमा विद्यमान सम्पूर्ण प्राणी वनस्पती तथा सूक्ष्म जीवाणुमा पाईने प्रजातिय भीन्नता प्रकार र संख्या तथा तिनिहरु बिचको अन्र्तसम्वन्ध नै जैविक विविधता हो । जैविक विविधता अन्र्तगत आफ्नै प्रकारको विभेद हुने वन मरुभुमी घाँसेमैँदान तालतलैया खोलानाला आदी पारिस्थितिक विविधता धान गहु कोदो जस्ता जातिगत विविधता र धानका मन्सूली पोखरेली जस्ता विभीन्न प्रजातिहरु जनाउने वंशगत विविधता पर्दछन । भौगोलिक तथा पारिस्थितिक विविधताको उपजस्वरुप सिर्जित प्रजितिगत तथा आनुवंशिक विविधताले नै जैविक विविधता बुझाउछ । पृथ्वीका सम्पूर्ण जीव जीवात्मा वनस्पति अथवा जलचर र थलचरसहित निर्जिव तत्वहरुको अन्र्तसम्बन्धले नै वातावरणीय चक्र सनातन सन्तुलित भैराखेको छ ।
नेपाल जैविक विविधताको हिसाबले विश्वको २५ औ र एशियाको ११ औ स्थानमा पर्दछ । नेपालको भुधरातलिय बनोट तथा छोटो दुरिमै पाइने विविध भौगोलिक संरचना भीर पहरा गल्छी उपत्यका र यसले पारेको हावापानीमा प्रभाव र यस परिस्थितीको उपजमा अस्तित्वमा आएका वनस्पती तथा जनावरको विविधता हाम्रा अमुल्य निधी हुन । पहाड र हिमालमा डाँडाहरु कुन दिशामा फर्केका छन यसले पनि त्यहाको स्थानिय वातावरणमा ठुलो असर पार्ने गर्दछ । उत्तर फर्केका पाखाहरुमा घाम कम पर्ने हुनाले ओसिला हुन्छन भने दक्षिण फर्केका पाखा र भिरहरु बढि सुक्खा र न्याना हुने गर्दछन । समुन्द्धी सतह देखि नेपालको न्युनतम उचाई ६० मिटर देखि अधिकतम उचाई ८८४८ मिटर रहेकाले यहा प्रचुर जैविक विविधता पाइन्छ । तराई र भावर क्षेत्रमा उष्ण हावापानी मध्य पहाडि क्षेत्रमा समशीतोष्ण र उच्च हिमाली क्षेत्रमा शित हावापानी रहेकोले नै यहा जैविक विविधताको वर्चस्व रहन सकेको हो । नेपालमा ११८ किसीमका वन पर्यावरणीय प्रणालि छन भने २०७ प्रजातिका स्तनधारी ८६९ प्रजातिका चराहरु ४३ प्रजातिका उभयचर १०० प्रजातिका सरिसृपहरु र १८५ प्रजातिका माछाहरु पाईन्छन । यसका साथै ६५३ थरिका पुतलीहरु ३९६६ भन्दा बढि मोथ राति उडने पुतलि ५००० भन्दा बढि कीराहरु २०० प्रजातिका माकुराहरु र ६००० भन्दा बढि फुल फुल्ने वनस्पतीहरु ४७१ प्रजातिका झयाउ १८२२ प्रजातिका ढुसि र ३८३ प्रजातिका उन्यूहरु पाईन्छन ।
अब प्रसङ्ग अर्घाखाँचीको; लुम्विनी अचलको सबैभन्दा सानो पहाडी जिल्ला अर्घाखाँचीको कुल क्षेत्रफल ११९३ वर्ग किलोमिटर छ । यो जिल्ला २७ देखि २८ उत्तरी अंक्षास र ८२ देखि ८३ पूर्वी देशान्तर सम्म फैलिएको छ । झन्डै त्रिभुजको आकारमा रहेको यस जिल्लाको उत्तरी भाग खुम्चीएको छ भने दक्षिणि भाग फुकेको छ । दक्षिणमा तराई सँग जोडिएको उष्ण भाग ३०५ मिटर बाट सुरु भई धवलागिरी र अन्नपूण हिमशृङ्खला सँग साम्ने भई उभिएका २५१५ मिटरसम्मका अग्ला पहाड बिच यसको अवस्थीति छ । दक्षिणको उष्ण र उत्तरको समशितोष्ण हावापानी बिचमा अवस्थीत यो जिल्लाको हावापानी मृदु र मध्यम छ भने तापक्रम ६.५ डिगि्र देखि ४० डिगि्र सेन्टिगे्रड बिचमा मौसम अनुसार उतार चढावमा रहन्छ । कुल भु भागको मध्य पहाडी भाग महाभारत पर्वत शृङखला ६८ प्रतिशत र शिवालिक चुरे क्षेत्र ले ३२ प्रतिशत ओगटेको छ । यो जिल्लामा कृषि योग्य जमिन ३९ प्रतिशत छ भने सरकारी वन ३४ प्रतिशत सामुदायिक वन २२ प्रतिशत र नदीनालाले ५ प्रतिशत ओगटेका छन । सिमलपानी ठाडा र सिद्धाराको चुरे क्षेत्रमा फैलिएको जंगल मथुरावेशि बागिखोला खाकाबेशी र छापेखोलाका फाटका साथै खाँचीकोट घोर्लासी घेराभिर र पटौटीका चुचुरा र विभिन्न खोच र टारहरुले विषम र चारीत्रिक जैविक विसेषता बोकेका छन । पहाडी जडिबुटीय विविधता र उपलब्धताको प्रचुर सम्भावाना छ यद्यपि त्यसको वृस्तीत अध्ययन र प्रशोधन हुन सकेको छैन ।
अर्घाखाँची औषधिय र सोन्द्रयीय महत्व बोकेको सुनगाभा फुलको लागि पनि उत्तम जिल्ला भएको विगत लामो समय देखि सुनगाभा अध्ययनमा लागेको भक्त रासकोटी बताउछन । विश्वबाटै लोपहुने अवस्थामा पुगेका दुर्लभ गिद्धहरु मध्ये तराई र हिमालमा पाईने ५ प्रजाति नै अर्घाखाँचीमा पाईएको र घेराभिरमा एउटै पहारामा तिन प्रजातिले गुड बनाएको नेपालकै पहिलो अध्ययन अवस्था भएको स्वयं यो पंक्तिकारको शोध कार्यले देखाएको छ । खाँसमा यहाको जैविक विविधता र प्राकृतिक स्रोतहरुको वैज्ञानिक अनुसन्धान अभिलेख र उपदेयता बारे अध्ययन हुन सकेको छैन । यहाको जैविक प्रजातिगत विविधताले थुप्रै किसीमका वनस्पतीजन्य तथा जन्ाावरजन्य उत्पादनहरु उपलब्ध गराउएको छ जसमा हामिहरु जीवन निर्वाह वस्तु विनिमय तथा व्यापारकालागि भर पर्ने गरेका छौ । फलफूल दाउँरा घासँ जडिबुटी जस्ता वस्तु सोझै उपयोग गरीएको छ भने जैविक विविधताका कारण नै जलचक्र कार्वनचक्र तथा नाईटोजनचक्र सन्तुलित भई वातावरण सन्तुलन भएको छ ।
बढदो जनसख्या गरिवी अशिक्षा र संरक्षण चेतनाकेा कमि रासायनिक किटनाशक औषधि तथा मलको बढदो खपत फोहरमैला र बिषादियुक्त पदार्थहरु जथाभावी फाल्नु वनसम्पदाको अत्याधिक उपयोग अवैधानिक चोरि शिकार जैविक सम्पदाको व्यापार र बदलिदो तापमान सगै हाम्रो जिल्लाको जैविक विविधतामा पनि ह्ास आइरहेको छ । सबै गाँउ गाउँमा मोटर पुग्यो भन्दै हामिहरु दंग परिरहदा डोजरले पहाड भक्तकाउदोको बातावरणिय दुष्परीणाम न्युन गर्ने बारे पनि सचेत हुनुपर्दछ । चुनढुङ्गा जस्ता खनिज कच्चा पदार्थ उत्खनन गर्दा त्यसको दिगोपन र वातावरयाीय प्रभाव बारे पनि हामि चनाखो हुनुपर्दछ । उदाहरणकालागि नरपानीमा विगत ६ वर्षदेखी चुनढुङ्गा उत्खनन गर्दा पानीका मुहानै सुकी करीव १५ हजार भन्दा बढी मानिसहरु प्रभावित भएको भन्दै विवाद उठिरहेको छ । जनसंख्याको बढदो चाप अव्यवस्थीत सडक निर्माण जग्गा पलटिङ तिव्र वन फडानी र प्राकृतिक वातावरणमा परेको अत्याधिक चापलाई न्यून गरि प्रकृति र जैविक विविधिता संरक्षण गर्नु एक चुनौतिको विषय भएको छ । के संरक्षण गर्ने किन र कसका लागि संरक्षण गर्ने भन्ने जस्ता प्रश्नहरुको गरिव र निमुखा जनताहरुका लागि व्यवहारिक उत्तरहरुको बुझाई चाहिएको छ । सर्वप्रथम मानिसहरुको प्राकृतिक स्रोतमा अत्याधिक चाँप पर्ने गतिविधिहरु न्युनिकरण गर्नु पर्दछ । यो प्रत्येक जिल्लावासीको आर्थिक सम्पनता र सवलता सँग गासिएको विषय हो । जबसम्म हामिमा काठ दाउँरा घाँस सोत्तर बाट नै जीविका धान्ने बाध्यता रहिरहन्छ तबसम्म संरक्षणवादि र यथार्थवादि गरिव समुदायका बिच युद्ध चलिनै रहन्छ । यसर्थ सदियौ देखि चलिआएको प्राकृतिक स्रोत र साधन प्रतिको निर्भरतालाई घटाउनु र बुद्धिमतापुर्ण प्रयोग गरि यसमा आश्रित समुदायलाई आर्थिक सवलता दिन सक्नु नै दिगो संरक्षणकालागि प्रमुख विषय हो ।
यहाका प्राकृतिक स्रोत तथा संसाधनको संरक्षण विकाश र सदुपयोगमा जनसहभागिता र जनचासो अपरिहार्य छ साथै दिर्घकालिन संरक्षणका लागि स्थानिय समुदाय परम्परागत जाती संरक्षण समुहहरु सरकारि गैरसरकारि र निजी क्षेत्रको समन्व्ायात्मक कि्रयाशिलताको आवश्यकता छ । परापूर्वकालदेखि जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्दै आएका किसान र स्थानिय आदिवासीहरुको ति स्रोतहरुमा अधिकार स्थापना गराउनु अनिवार्य छ । जैविक विविधता संरक्षण र सामुदायिक विकास एक-अर्काका परिपुरक भएकाले विकासलाई मात्र लभई दुवैलाई एकैसाथ अघि बढाउनु पर्दछ । विश्व उष्णीकरण र जलवायु परिवर्तनका साथै वनविनाश र वनडढेलो जलप्रदुषण वायुप्रदुषण मरुभुमिकरण भूमिगत जलविनाश खाद्य असुरक्षा घटदो जैविकउर्जा सीमसार क्षेत्रको विनाश हरीतगृहप्रभाव तथा ओजनतह क्षयीकरण जस्ता विश्वव्यापि वातावरणीय समस्याहरु सगँ जुध्दै यहाको जैविक विविधताको संरक्षण गर्न हामि सबै जिल्लावासी लाग्नुका साथै सम्पुर्ण स्थानिय क्षेत्रीय र राष्ट्रिय शक्ती र समुदायहरुको लगाव र एकता आवश्यक छ ।
जैविक विविधता आफैमा बहुआयामिक र सर्वपक्षिय सरोकारको क्षेत्र भएकोले यसको संरक्षण र समुचित व्यवस्थापनको लागि जिल्ला र क्षेत्रिय रुपमा मात्र नभई राष्ट्रिय निति तथा योजनाहरुमा यसको महत्व स्थापित गर्दै आर्थिक प्राविधीक एवं सस्थागत क्षमता अभीवृद्धि गर्नु जरुरी देखिन्छ ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.