सिरियाली राष्ट्रपति बशर अल असदले अन्तर्राष्ट्रिय दबाब सामु आफू नझुक्ने अडान

हिंसा नियन्त्रणका लागि अरब लीगले गरेको आग्रहलाई लत्याउँदै सिरियाली राष्ट्रपति बशर अल असदले अन्तर्राष्ट्रिय दबाब सामु आफू नझुक्ने अडान दोहोर्‍याएका छन् । सिरियामाथि कुनै प्रकारको सैन्य कारबाही भए मध्य पूर्वमा हलचल मच्चिने चेतावनी दिंदै उहाँले सरकार विरोधी प्रदर्शनकारीलाई कारबाही गरिछाड्ने पनि बताएका छन् ।

 

हतियारधारी प्रदर्शनकारीको पहिचान गरी उनीहरुमाथि कारबाही गर्ने संकेत गर्दै असदले प्रदर्शनकारीलाई हतियार उपलब्ध नगराउन छिमेकी राष्ट्रहरुलाई सम्झाएका छन् ।

यसअघि अरब लीगले राष्ट्रपति असदलाई तीन दिनभित्र हिंसा नियन्त्रण गर्न आग्रह गर्दै त्यसो नगरे सिरिया विरुद्ध आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो । सिरियामा राष्ट्रपति असद बिरुद्ध केही महिनादेखि जारी प्रदर्शनमको क्रममा ३५ सय भन्दा बढीको ज्यान गईसकेको छ ।