श्रीमतीले श्रीमान्को हत्या गरि कोठा भित्रै गाडेको अवस्थामा भेटिएपछि सुनसरीको श्रीपुर ३ का जगदिस दहियारको हत्याको रहस्य खुलेको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले जगदिसकी श्रीमती गीतादेबी दहियारलाई नियन्त्रणमा लिएको छ ।
सवा तीनवर्ष पछि सक्रिय भएको प्रहरीले घर भित्रै खन्दा खप्पर, बंगारा हाफ पेन्ट र धोती फेला परेपछि प्रहरीले शरीरको थप भाग भेट्न सक्ने आशंकामा तीनदिन यता उनको घरको कोठाहरु तथा आसपासको क्षेत्रमा खन्ने कार्यलाइ जारी राखेको छ ।
गीतादेबीसहित अन्य चारजनाले ०६५ साउन २३ गते घरभित्रै जगदिसको हत्या गरेको जगदिसका आफन्त सुरेश दहियारले जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिएको जाहेरीमा उल्लेख छ । साउन २३ गते हत्या गरेपछि जगदिसको शवलाई टुक्राटुक्रा पारेर घरभित्रै खाल्टो खनि गाडेको स्थानिय वासिन्दाहरुले पटक पटक प्रहरीमा लिखित र मौखिक उजुरी दिएका थिए ।
जारी दिएको सवा तीनवर्षसम्म पनि प्रहरीले सो घटनावारे कुनै सक्रियता देखाएको थिएन् । साउन २३ पछि जगदिसकी श्रीमती गितादेवीले आफनो श्रीमान घरवाट भागेको बताउँदै आएकी थिइन् ।
प्रहरी उपरीक्षक राजु मानन्धरले घटनासँग समबन्धित अन्य बस्तु फेला पर्न सक्ने आशंकामा प्रहरीले चारवटा कोठा खन्ने काम सकेर अहिले कोठा आसपासका क्षेत्रमा खन्ने कार्यलाइ तीनदिनदेखी जारी राखेका छन् । खप्पर सहितका बस्तुहरु फेला परेको घर आसपासका क्षेत्रलाई प्रहरीले गत शुक्रवारदेखि घेराहाली सरक्षा दिइरहेको छ ।
बरामद भएका खप्परको पोष्टमार्टमपछि थप अनुसन्धानका लागि नेपाल प्रहरीको बिधी बिज्ञान प्रयोगशाला पठाइने प्रहरी उपरीक्षक मानन्धरले जानकारी दिए ।