स्पेनमा भएको संसदीय चुनावमा पपुलर पार्टीले बहुमत हासिल गरेको छ । स्पेनको तल्लो सदनको ३ सय ५० सीटमा सत्ताधारी सोशलिष्ट पार्टीलाई पछि पार्दै पपुलर पार्टीले बहुमत हासिल गरेको हो । जुन १८६ सिट छ।
अब पपुलर पार्टीका प्रमुख मारियानो राखोएका लागि स्पेनको ऋण संकट समाधान मुख्य चुनौती हुनेछ ।
ऋण संकटकै कारण स्पेनमा बेराजगारी दर बढेर २१.२५ प्रतिशत पुगेको छ । आर्थिक संकट चरम उत्कर्षमा पुगेको स्पेनमा सन २००४ यता सोसलिष्ट पार्र्टी सत्तामा थियो ।
पछिल्लो समयमा युरोपेली मुलुकहरु पोर्चुगल, ग्रीस, इटली र आयरल्याण्डसँगै स्पेन पनि आर्थिक संकटबाट गुज्रिरहेको छ ।