– वीरेन्द्र केसी
गोखुङ्गा, अर्घाखाँची – गोखुङ्गा सिमेदेउरालीकी हरिकला घिमिरेले दैनिक ३५ रुपैयाँमा एक गाग्री पानी किनेर खान्छिन । छिमेकीले चार घण्टा उकालोमा बोकेर घरसम्म ल्याईदिएको एक गाग्री पानीलाई उनले ३५ रुपैयाँ तिरेर खान्छिन । चार घण्टा उकालोमा पानी बोकर खान सकिदैन त्यसैले घरसम्म ल्याएको एकगाग्रीलाई ३५ रुपैयाँमा किनेर खाने गरेकी छु घिमिरेले भनिन कार्तिक देखी जेठसम्म दैनिक पानी किनेर खानुपर्छ । परिवारको लागि दिनमा तीन गाग्री पानी आवश्यक पर्ने भएपनि बाध्यताले एक गाग्री पानीले दिन गुजार्नुपर्छ उनले भनिन पानी समेत अडकलेर खानु परेको छ । कुनै दिन पैसा नहुँदा र किन्न नपाएको बेला मिनिरल वाटरले भात पकाउने गरेको पनि घिमिरले बताईन । पुस्तौ देखी गाउँलेले खानेपानीको समस्या झेल्दै आएका छन ।
पानीको लागि समस्या सबैभन्दा घरका गृहणीलाई हुने गरेको छ । पानीकै कारण जेल जस्तै जीवन भयो स्थानीय सिता खनालले भनिन विहान चार बजे उठेर नजाने हो पानी नै पाईदैन । गाउँलेले पानी ओसारे पछि खोला किनारको कुवाको पानी दिउसो रित्तिने गर्छ । घिमिरे । खनाल जस्तै गाउँका सात सय घरपरिवार मध्ये १ सय ५० घरपरिवारले ३५ रुपैयाँमा एक गाग्री पानी किनेर खाँदै आएका छन ।
गोखुङ्गाको गोखुङ्गा बजार सिमेदेउराली लामपाटा पस्लेङ माथि्रल्लो गाउँ लगायत गाउँका करिब सात सय घरपरिवारले वषौदेखी खानेपानीको समस्या झेल्दै आएका छन । खानेपानीको मुहान भन्दा धेरै अल्गो डाँडोमा वस्ती बसेकाले सिधै पानी लैजान नसक्ने भएकाले गाउँलेले दैनिक पानी किनेर खाने गरेका हुन । खानेपानीको समस्या झेल्दै आएका उक्त गाउँबाट काउले खॊलाको मुहानमा झरेर पानी लैजान करिब चार घण्टा समय लाग्ने गर्छ । पहिले-पहिले दुई, चार गाग्री पानी ल्याईदिए वापत आटो मकै पिठो दिने गथ्र्यौ ५६ वर्षीय दुर्गा घिमिरेले भनिन अहिले अन्नले मान्दैनन पैसा दिनुपर्छ ५ वर्ष अघिसम्म २० रुपैयाँमा किन्ने गरेपनि एक वर्ष देखी पानीको मुल्य ३५ रुपैयाँ पुगेको छ । वर्षामा त आकाशको पानी घैटोमा संलिन्छ अडकलेर खादै गरेको घैटोको पानी सकिदा साह्रै मन दुख्छ उनले भनिन हिउँदभर पानी बोक्दा पिठयू नै खुईलिन्छ । घरमा एक दुई जना सदस्य भएको बेला आपतै हुने गर्छ । घरमा कोही पानी माग्न आयो भने साह्रै दुःख लाग्ने गर्छ अरु जे मागेपनि खुसी भएर दिन्छौ तर पानी खानकै लागी मागेपनि दुःख सम्झदा मन रुन्छ उनले गुनासो गरिन । घरमा थोरै परिवार हुने र बुढाबुढी भएकालाई बढी समस्या हुने गर्छ ।
खोलाको मुहानमा पानीको लागि पालो कुर्न राती चार बजे नै उठेर लाईनमा बस्न जाने गर्छन । काम गर्न सक्नेले दिनभरी पानी बोक्ने र ३५ रुपैयाँमा छिमेकीलाई बिक्री गर्ने गर्छन । स्थानीय श्याम नेपालीले दैनिक पानी बोकेर बिक्री गर्दै आएका छन । उनले पानीबाट महिनामा ४ हजार कमाउँदै आएका छन । विहान ४ बजे नै उठेर खोला धाउँछु उनले भने दिनभर पाँच गाग्री बोकेर गाउँमा उतार्छु । उनले बोकेर ल्याउने गाग्रीमा २५ लिटर पानी हुन्छ । गाउँमा खानेपानीको संकट छ गोखु