– राजेन्द्र श्रेष्ठ
कुरामा कुरा आउछ भुरामा भुरा आउछ भने जस्तै कुरैकुरामा हामी सगरमाथा म।म। सेन्टरका पाँच जानका विचमा एउटा बसह सुरु भयो । मैले भने हामीले शिर देखि पाउँ सम्म लागाएका कपडा लगाएतका समानहरुमा कुनचाही हाम्रो देशको उत्पादन छ तः पहिला गोडामा हेरियो जुत्ता चीन र भारतमा बनेका पायौ । पाईन्टको कपडा इन्डीयन र सिलाई कतारको पायौ त्यसरी नै सर्ट भेष्ट टोपी घडी मोवाईल लगाएतका सम्पूर्ण समानहरुमा कुनै पनि हाम्रो देशमा बनेका पाईएन । अनि फेरी छलफल अगाढडी बढ्यो के यसरी हामीले हाम्रो देशको उत्पादनलाई मायाँ नगरे पछी हामी स्वरोजगार हुन सक्छौ तः देशमा उद्योगधन्दाको विकास हुन्छ त अह हँुदैन अनि हामीले कसरी देशम रोजारी पाउँन सक्छौ तः हामी त विदेशमा आईयो आइयो के हामीले अरु कसैलाई विदेश आउँन नपर्ने बनाउन सकिदैन यस्ता प्रश्नहरु हाम्रो अगाडी खडा भयो । विषयत निकै गम्भिर थियो तर हाम्रो छलफल भने हलुको थियो ।
हामीले फेरी बहस अगाडी बढायौ त्यसो भए हामीले कम से कम हाम्रो शरिरमा ३०० देख ५०० रियाल सम्मको मात्र सामानहरु लगाएको रहेछौ भने १० रियालको नेपालमा उत्पादन भएका कुनै न कुनै सामन प्रयोग गर्न सकियो भने हामी कतारमा कार्यरत रहेका झण्दै ३ लाख ५० हजार नेपालीले बर्षमा दुई वटा मात्र कम्तिमा १० रियाल बराबरको राष्ट्रिय उत्पादन खरीद गर्ने हो भने ७० लाख रियाल बराबरको सामान खरिद गर्नेछौ यो नेपाली पैसामा हिसाव गर्दा हालको रेटमा २२ को दरले गरियो भने पनि १५ करोड ४० लाख हुन आउँछ यदी हामी कतारका प्रवासी नेपालीले मात्र कम्तीमा बर्षमा २० रियालको राष्ट्रिय उत्पादन खरिद गरिदिन सक्यौ भने देशमा हजारौ नेपालीहरुलाई रोजगारी हुने कुरामा दुईमत हुनै सक्दैन । तर के हामीले व्यवहारमा यसलाई लागु गराउँन सक्छौ तः गम्भिर भएर सोच्नु जरुरी छ । <
यदी हामीले हाम्रो राष्ट्रिय उत्पादनहरुको प्रयोगलाई अरु देशका समुदायहरुको विचमा प्रयोग गरेर देखाउन सकियो भने अरुले पनि त्यसलाई प्रयोग गर्न सक्ने छ । हामीले हाम्रा अरु भाई बहिनीहरुलाई रोजगारीको लागि विदेश आउन नपर्ने बतवरण कायम गर्नमा धेरै मध्यको यो एउटा ठूलै योग्दान र उपया हुन सक्दछ । के हामी आजै बाट यो अभियानमा लाग्न सक्छौ तः
हामीले तत्काल विदेशमा ल्याउन र प्रयोग गर्न सकिने हाम्रा राष्ट्रिय उत्पादनहरु के के हुन त भन्ने विषमा पनि बहस गरियो सरसरी हेर्दा हाम्रो नजरमा ढाका कारखानाबाट निर्मित ढाकाका टोपीहरु भदगाउले कालो टोपीहरु नेपाली घरेलु कारखानाहरुमा निर्माण गरिएका झोला पैसा राख्ने पस्र मोवाईका कभर नेपाली कागजबाट बनेका डायरी जस्ता विभिन्न समगि्रहरु नेपाली झन्डाका व्यजहरु निशानी चिन्हका व्याजहरु लागएत खाने कुराहरुमा नेपालमा बनेका चाउँचाउ चिया अलैची अदि र हस्त निर्मित गलैचाहरु पनि विदेशमा बस्ने प्रवासी नेपालीहरुले प्रयोग गर्न सक्ने हाम्रो नजरमा राष्ट्रिय उत्पादनहरुको सुचिमा पारेका सामानहरु थियौ । यो त हाम्रो दिमागले भेटेका मात्र हुन् । यो भन्दा अरु पनि धेरै राष्ट्रिय उत्पादनहरु हुन सक्दछ जसलाई हाम्रो दिमागले नभेटीएको छ । जे भए पनि हाम्रो आसय भनेको जे जस्तो समान भए पनि कम्तिमा बर्षमा २० रियाल बराबरको समाना राष्ट्रिय उत्पादन वा हाम्रा घरेलु उत्पादनका सामग्रीहरु खरीद गरेर हामीले प्रवासको बसाईमा नै प्रयोग गर्न सक्नु पर्दछ । हुनत याहाँ यस्ता सामनहरु सजिलै उपलव्ध नहुन पनि सक्दछ तर हामीले मनबाटै सोचेर जसरी पनि राष्ट्रिय उत्पादनलाई मायाँ गर्ने हो भने विदामा जानेबेलामा लिएर आउँन सक्दछौ भने विदामा जाने साथिहरुलाई ल्याउँन लगाएर पनि प्रयोग गर्न सक्ने छौ । अझ मेरो व्यक्तिगत विचारमा त हामी कतारमा स्थापित झण्दै १०० का हाराहारीमा रहेका संघ संस्थाबाट नै निर्णय गराएर यस्तो अभियानलाई लागु गराउँन सकिएमा चाँडै र धेरै प्रभाव पर्ने छ । तसर्थ यो राष्ट्रिय वा हाम्रा घरेलु उत्पादनहरुलाई महत्व दिई देशलाई समिृद्ध बनाउँने काममा हामी सबै लाग्न सकौ यही शुभकामना ।
अन्तमा
राष्ट्रिय उत्पादनलाई मायाँ गरौ
जहाँ छौ हामी त्यही प्रयोग गरौ ।
२१-११-२०११