रुसी अन्तरीक्ष यान सोयुज अन्तरीक्ष केन्द्रका तिन यात्रीसहीत सफलतार्पुक पृथ्वीमा अवतरण गरेको छ । काजखस्तानमा सफलतार्पुक अवतरण गरिएको सोयुजमा तीन अन्तरीक्ष यात्रीहरु रुसका सर्जेई भोल्कोभ, जापानका सातोसी फुरुकावा र अमेरीकाका माईक फोसम सवार थिए ।
यी अन्तरीक्ष यात्रीहरु १ सय ६५ दिन लामो अन्तरीक्षको बसाईपछि पृथ्वीमा फर्किएका हुन् । यीनीहरुको ठाँउमा रुसकै दुई र अमेरीकाका एक जना अन्तरीक्ष यात्रीहरु गत बुधवार नैं अन्तरीक्ष केन्द्र पुगीसकेका छन् ।
केही महिना अगाडि मात्रै अमेरीकाले आफ्नो शटल कार्यक्रम बन्द गरेपछि रुसी यान सोयुज अहिले पृथ्वी र अन्तराष्ट्रय अन्तरीक्ष केन्द्रविच यात्रीहरु ओसारपसार गर्ने एकमात्र विकल्प रहँदै आएको छ ।