काठमाडौं, ८ मंसिर प्रधानमन्त्री डा। बाबुराम भट्टर्राईले आजदेखि आर्थिक समृद्धिको यात्रा सुरु भएको घोषणा गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित विशेष छलफल कार्यक्रममा प्रधानमन्त्री भट्टर्राईले शान्ति प्रक्रियाले एउटा गति लिइसकेको र यो छिट्टै टुंगिने भन्दै अब शान्ति प्रक्रियासँगै आर्थिक विकासको गतिलाई दु्रत गतिमा अघि बढाउन सम्बद्ध मन्त्रालय तथा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
वर्तमान सरकारको पहिलो प्राथमिकता शान्ति र दोश्रो प्राथमिकता आर्थिक सम्बृद्धि भएकोले आजबाट आर्थिक सम्बृद्धिको औपचारिक यात्रा सुरु भएको घोषणा प्रधानमन्त्रीले गरेका छन् ।
मुलुकको आर्थिक विकासका लागि दक्ष कर्मचारी हुँदाहुँदै पनि लक्ष्य अनुसारको सम्वृद्धि हासिल गर्न नसकिएको भन्दै प्रधानमन्त्री भट्टर्राईले नीतिगत सुधार गरेरै भए पनि अव थप सशक्त ढंगले अघि बढ्न अर्थमन्त्रालयसँग सम्बन्धित सम्पूर्ण पदाधिकारीलाई निर्देशन दिनुभयो । प्रधानमन्त्रीले भने ुसंक्रमणकाल लम्बिएका कारणले अपेक्षित लक्ष्य हासिल गर्न सकेनौं, अव त्यो अवस्था छैन, त्यसैले ठिक ढंगले अघि बढ्न सक्नु पर्छ ।ु
आयात बढेर हुने राजश्व वृद्धिले मुलुकको अर्थतन्त्रमा सुधार नआउँने भन्दै प्रधानमन्त्री भट्टर्राईले उत्पादन मुलक क्षेत्रमा आर्थिक लगानी गर्न सम्बद्ध पक्षलाई आग्रह गरे । प्रधानमन्त्रीले आर्थिक क्षेत्रको सुधारकालागि पूँजी बजार व्यवस्थित गर्नैपर्ने बताए । र्सार्वजनिक संस्थानहरु ठिक ढंगले सञ्चालन हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री भट्टर्राईले संस्थानहरुमा हुने राजनीतिक हस्तक्षप र नियुक्त पूर्ण रुपमा बन्द गरिने घोषणा गर्ने र त्यसका लागि आवश्यक नियमावली बन्नै लागेको जानकारी समेत दिए ।
आर्थिक सम्वृद्धिका लागि लगानी आवश्यक भएको भन्दै प्रधानमन्त्रीले आगामी साता सम्ममा लगानी बोर्ड गठन गर्ने तयारी भएको जानकारी दिए । सन् २०१२ र १३ लाई लगानी वर्षघोषणा गर्ने योजना रहेको भन्दै प्रधानमन्त्री भट्टर्राईले रातारात परिवर्तन हुन्छ भन्ने भ्रममा नबस्न आग्रह गरे ।
नक्कली भ्याट विल सम्बन्धमा भएको विभिन्न टिकाटिप्पणी प्रति चासो राख्दै प्रधानमन्त्रीले माघ महिना सम्ममा सम्पूर्ण अनुसन्धान पूरा हुने जानकारी दिए । यसअघि अर्थमन्त्रालयले असोज तथा कात्तिक महिना सम्ममा अनुसन्धान पूरा गर्ने बताएको थियो । प्रधानमन्त्रीले भने ुहामीले असोज महिनामा पूरा गर्ने भनेकोमा पुनः कार्तिक महिनामा सार्यौ, तर सष्म ढंगले अनुसन्धान गर्दा त्यो समय अभावले समयसीमा बढाउनु परेको हो, यसमा अन्यथा सोच्नु गलत हो ।ु लक्ष्य अनुसार नै मन्त्रालय अघि बढेको भन्दै उनले जे हो त्यो जनताको अगाडि र्सार्वजनिक गर्ने पनि घोषणा गरे ।
छलफल कार्यक्रममा अर्थ मन्त्रालयसँग सम्बन्धित सम्पूर्ण विभाग, संस्थान तथा कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । उनीहरुले आफ्ना कार्यालयका समस्या तथा सुधारका उपायहरुको विषयमा जानकारी गराएका थिए ।