सप्रेका कामहरु सबै श्रीमतीजीले दिएको सल्लाहको प्रगति
त्यसले त भएका होलान रामे, श्यामे र बिर्खे रक्सीको साथी
तपाई हाम्रो चै नभईदिए हुन्थ्यो तिनीहरुको जस्तो दुर्गती
पिडितहरुको सहारा भनेकै चुस्की र हुस्कीको नशा भन्छन
स्वास्नीको रिसले डिस्को र क्यासिनोमा गई पैसा फाल्ने गर्छन
कसैले जुवा र तासको नशामा दिन रात काट्ने गर्छु भन्छन
कसैले प्रेमिकाको आशमा स्वास्नीका गहना साट्ने गर्छु भन्छन
यस्तै रहेछ कसैलाई तासको नशा त कसैलाई मातको नशा
गरिब लाई गास र बासको नशा धनीलाई ऐसको नशा
यहि ऐसलेनै ल्याउने छ सबैलाई भए भरको ठुलो दशा
यस्तो हुनु भनेको परिवारलाई नै साढे सातको दशा
सुधार्नुस श्रीमितिजी रामे, श्यामे र बिर्खेको जस्तो गति
स्वीकार्नुस श्रीमानले गरेका अबनती होस् वा उन्नति
त्यसमा छ तपाई लगायत सम्पूर्ण परिवारको प्रगति
सुध्रने छन चाडै तपाईका श्रीमानका गलत मति
सुधार्ने छन् श्रीमतीले जस्तै खराब होस् पति
महिलाहरु चाहे सीता, लक्ष्मी होस् वा चाहे द्रौपदी
त्यसले म भन्ने गर्छु विवाद नगर्नुस श्रीमान संग रति
त्यसपछि हेर्नुस तपाइको श्रीमान दुनियामा अशल पति
धन्यवाद !!