थाइल्याण्डको अदालतलले त्यहांको राजसंस्थाको अपमान गरेको आरोपमा एक व्यक्तिलाई २० वर्षको जेल सजाय सुनाएको छ । ६१ वर्षिय अम्पोन तंगनोप्पाकुललाई गत वर्ष भएको सरकार विरोधी प्रदर्शनका क्रममा मोबाइलबाट तात्कालीन प्रधानमन्त्री अभिजित भेज्जाजिवाका सहयोगी कर्मचारीलाई राजसंस्था विरोधी चार वटा सन्देश पठाएको सम्बन्धमा दोषी पाइएको बताइएको छ ।
उनीमाथि कम्यूटर अपराध र राजसंस्थाको प्रतिष्ठा सुरक्षित गर्ने कानुन अनुसार मुद्धा चलाइएको थियो । पछिल्लो महिनाको बाढीको प्रभावका कारण अम्पोन भने अदालती कारवाहीमा सहभागी थिएनन् । अदालतले प्रत्येक सन्देशको ५ वर्षका हिसाबले उनलाई २० वर्ष सजाय सुनाएको हो । आलोचकहरुले भने यी दुवै कानुनले राजनीतिकरणलाई बढावा दिएको र यसैको आडमा थाइल्याण्डमा अभिव्यक्ति स्वतन्त्रताको हनन् भैरहेको अरोप लगाएका छन् ।