बास्तविकता

– डि.आर.जी-सुमन

साऊथ अमेरिका,

चिली 

 
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा

म त उजाड मरुभुमिमा हर्राई सकेछु


नसम्झिनु  है मलाई कुनै खुशियालीमा


म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु



नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा


नखोज्नु है मलाई हजारौं दुनियाँको भिडमा


नखोज्नु है मलाई बिहानीको सुस्तरी पवनमा


म त समुन्द्री आँधिमा बडारीन पो पुगी सकेछु


नखोज्नु है मलाई वर पिपलको छहारीमा


 


नखोज्नु है मलाई जन्मभुमिको  कुना कुनामा


म त गाउँ घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु


नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा


म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु