– प्रेमनारायण आचार्य
अर्घाखाँची ११ मसिर । नेकपा एमालेका उपाध्यक्ष असोक राईले बर्तमान भटराई नेतृत्वको सरकारको आयुसमाप्त भएको बताउनु भएको छ ।
नेकपा एमाले मोर्चा संगठन अर्घाखाँचीले सन्धिखर्कमा गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता राईलेद्धार बुदे राष्टघाति जगमा बनेको योसरकारको सात बुदे सहमति पछि औचित्य समाप्त भएको बताउनु भयो ।
उहाले भारतकासिमानामा झण्डा हल्लाएर राष्टियताको कुरा गर्ने माओबादीले बिपा सम्झौता गरेर भारतसंग आत्म समर्पण गरेको दाबी गर्नु भयो ।
कार्यक्रममा उमालेलुम्बिनी अंचल कमिटिका सचिब खिमलाल भटराई र अनेरासवबियुका केन्द्रिय अध्यक्ष माधबढुंगेलले हिजो गद्धार र संसोधनबादी भनेर एमालेलाई आरोप लगाउने माओबादी आजएमालेको बाटोमा आउन बाधय भएको बताउदै माओबादी कुनै हालतमा जंगलमा नजाने भएकाले माओबादीको भुत नपाल्न कार्यक्रतालाई आग्रह गर्नु भयो ।
मोर्चा संगठनका संयोजक कुटमदीन ओलीको अध्यक्षता र एमालेप्रचार बिभाग प्रमुख प्रेमनारायण गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.